

दोधारा । दोधारा चाँदनी नगरपालिकामा बिद्यार्थीहरुलाई ३ महिने आधाभुत कम्प्युटर तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको लघु उद्यम बिकास शाखा कार्यालयको आयोजनामा वडाका रहेका छात्राहरुलाई ३ महिने आधारभुत कम्प्युटर तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । चालु आर्थिक वर्षको बजेट अनुसार ३ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरिएको वडाध्यक्ष धनाडीले बताउनुभएको छ् ।

वडामा बसोबास गर्ने कक्षा ११ र १२ का ४६ जना छात्राहरुलाई कम्प्युटर तालिम दिईन लागेको हो । कम्प्युटर सिक्न चाहाने तथा आर्थिक अवस्था कमजोर भएको कारण सिक्न नपाएका गरिब तथा बिपन्न बिद्यार्थीहरुको लागी तालिम संचालन गर्न लागिएको दोधारा चाँदनी– ३ वडा कार्यालयले जनाएको छ् । दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको कार्यक्रममा वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । तालिममा मात्रै सिमित नगरी त्यसलाई व्यवाहारिक रुपमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत गरिए को छ् ।

आजको युग भनेको विज्ञान र प्रविधिको युग हो त्यसैले कम्प्युटर शिक्षा अपरिहार्य भएको बताउदै अध्यक्ष धनाडीले विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताए ।

आजको युग कम्तीमा पनि कम्प्युटरको आधारभुत ज्ञान हुनै पर्ने भएकोले वडा कार्यालयले निशुल्क ३ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको बताउदै समय अवधीभर ध्यान दिएर तालिममा शिकाएका हरेक विषयबस्तु सिक्न अनुरोध गरिएको छ् ।
तालिममा सहभागी हुन पाएको भन्दै बिद्यार्थीहरु खुशी प्रकट गरेका छन् ।






