

दोधारा । दोधारा चाँदनी नगरपालिकामा गहुँ थ्रेसिङको दरभाउ कायम गर्न स्थानिय सरकारलाई माँग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा किसानहरु पुगेर दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई गहुँ थ्रेसिङको दरभाउ कायम गर्न माँ राख्दै स्थानिय किसानहरुले ज्ञापन पत्र बुझाएका छन् । अहिले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा किसानहरुले लगाएको गहुँ थ्रेसिङको समय भएको र ब्यापारीहरुले मनमर्जी बिभिन्न दरभाउमा गहुँ थ्रेसिङ गर्दै आएको कारण किसानहरु मारमा पर्दै आएको बताउदै स्थानियबासी पदम बहादुर सिंहले थ्रेसिङमा एकरुपता ल्याउन स्थानिय सरकारलाई ज्ञापन पत्र बुझाएको बताएका छन् ।

‘यस नगरपालिका क्षेत्रका कृषकहरुको खेत जोताई, रोपाई धान गहुँ लगाएत बाली थ्रेसिङ गर्दा स्थानिय सरकारका तर्फवाट एकरुपताको सन्दर्भमा कुनै पहल नहुदा बिगत वर्ष देखि ब्यवसायीहरुबाट मनोमानी पूर्वक दर तोकी पैसा असुल्ने कार्यमै रहेको अवगत गराउन चाहान्छौ । सो सम्बन्धमा विभिन्न जिल्ला अन्तर्गत पालिकाका तर्फबाट पहल भए, नभएको समेत विभिन्न माध्यम बाट सार्वजनिक भएकै छ् ।

तसर्थ गाँउ, बस्तीमा किसानहरुको समस्या सम्बोधन गर्ने गरी बजार भाउ अनुसारको खर्च श्रम को उचित मूल्यांकन गरी सो बमोजीमको लागत का आधारमा दरभाउ (गहुँ) थ्रेसिङ कायम गरी दिन हुन दोधारा चाँदनी नगरपालिका कार्यालयलाई नगर बासिका तर्फ बाट सादर अनुरोध गरिन्छ् ।’ ज्ञापन पत्रमा भनिएको छ् ।







