
दोधारा । दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै दोधारा चाँदनीमा एलपी सिलिण्डर ग्यास चुल्हा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ को वार्षिक कार्यक्रम अन्तर्गत १५ थान एलपी ग्यास सेट बितरण गरिएको छ् । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुदै गएको भन्दै दोधारा चाँदनी नगरपालिका– ७ ले कमलशा टोल बिकास समिति मार्फत स्थानियहरुलाई सिलिण्डर ग्यास चुल्हा बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताएका छन् ।

अतिआवश्यक तथा गरिब परिवारलाई छनौट गरि बन बचाउनुको साथै स्वास्थ्यमा प्रतिकुल असरलाई मध्यनजर राख्दै कमलशा टोल बिकास समिति मार्फत स्थानियहरुलाई सिलिण्डर ग्यास चुल्हा बितरण बताईएको छ् । घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फाडानी हुदै आएको भन्दै वडा कार्यालयको कार्य योजना बनाएर वन विनाश रोक्न लागेको बताईएको छ् ।

वडा कार्यालयको ‘धुवामुक्त नगर अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर बितरण गरिएको कमलशा टोल बिकास समितिका अध्यक्ष हरिप्रसाद बरालले बताएका छन् ।







