
दोधारा । दोधारा चाँदनी नगरपालिकामा किशोरी तथा महिलाहरुलाई १५ दिने गुडिया बनाउने स्तरउन्नती तालिम संचालन भईरहेको छ् । नेपाल सरकार उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोग तथा दोधारा चाँदनी नगरपालिका कार्यालयको लघु उद्यम बिकास शाखा कार्यालयको आयोजनामा वडा नं. ६ मा १५ दिने गुडिया बनाउने स्तरउन्नती तालिम संचालन भईरहेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले जानकारी दिनुभएको छ् । यस्ता तालिमहरुले बाल बिकास, अधिकार तथा मनोरञ्जनको पक्षमा काम गरि सहयोग गर्ने अनि अन्यलाई तालीमको अवसर प्रदान गरि सामाजिक बिकासमा बिशेष भुमिका निभाउने कार्य गर्ने दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगर प्रबक्ता ओंम बस्नेतले बताउनुभएको छ् ।


चालू आर्थिक वर्षको लक्षित कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो । वडाध्यक्ष बस्नेतले महिलाहरु जब सम्म आर्थिक रुपमा सक्षम हुदैनन् तब सम्म परिवार र समाजमा महिलाहरु प्रतिको व्यवहार परिवर्तन नहुने धारणा ब्यक्त गर्नुभएको छ् । परिवारको हेरचाह, पालन पोषणका साथ साथै अन्य घरायसी काम सम्पादन गरी बचेको समय यस्ता शिपमुलक कार्यमा लगाउदा त्यसले आत्मसम्मान र हौसला बढ्ने बताउदै महिलाहरुले सिकेको सीपको उपयोग गर्नु पर्ने र शिपबाटै उद्यम र स्वरोजगारमा लाग्न प्रेरित गर्नु पर्ने दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष तथा नगरप्रबक्ता ओंम बस्नेतले जोड दिनुभएको छ् । ‘सिप सिकौं, आत्मनिर्भर बनौ’ नारा सहित संचालनमा ल्याईएको गुडिया बनाउने स्तरउन्नती तालिममा सहभागीहरुको उत्साहजनक सहभगिता रहदै आएको छ् ।

सिप सिकेर ब्यवसायरुपमा गुडिया उत्पादन गरि आत्मर्भिर बन्न सहज भएको सहभागीहरले बताएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको लघु उद्यम बिकास शाखा कार्यालय सहजकर्ता जयन्ती भट्टले वाड नं. ६ वडाका २१ जना किशोरी तथा महिलाहरु गुडिया बनाउने स्तरउन्नती तालिम सहभागी भएका बताउनुभएको छ् । तालिमका सहभागीहरुको उत्साहजनक उपस्थिती रहदै आएको सहजकर्ता जयन्ती भट्टले बताउनुभएको छ् ।







