अग्नीपिडित घरपरिवारलाई खाद्यान्न, लत्ताकपडा र नगद सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकाका एक अग्नीपिडित घरपरिवारलाई खाद्यान्न, लत्ताकपडा र आर्थिक सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १० लखुराली टोल निवासी अग्नीपिडित पार्वती सुनारको घरपरिवारलाई लत्ताकपडा, खाद्यान्न र आर्थिक सहयोग गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्न्द्र बहादुर सिंहले अग्नीपिडित सुनारलाई उनैको घरमा पुगेर १ बोरा चामल, २ केजी दाल, १ प्योकट नुन, कपडा धुने र नुहाउने साबुन, बिछ्याउने कपडा, ओढ्ने कपडा र ब्यालेंकेट तथा रु. १० हजारको चेक हस्तान्तरण गरेका हुन् । केही दिन अघि उनको घरमा अचानक आगालागी भएर सबै समान तथा लत्ताकपडा जलेर नष्ट भएको हो ।

दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले आर्थिक अवस्था कमजोर भएको अग्नी पिडित पार्वती सुनारलाई वडा कार्यालयको निर्णय अनुसार खाद्यान्न, लत्ताकपडा र आर्थिक सहयोग गरेको बताएका छन् ।

वडाध्यक्ष सिंहले वडा कार्यालयबाट गरेको सहयोगले आफुलाई निकै राहत भएको पार्व सुनारले बताएका छन् ।


ताजा समाचार

spot_img