आवास कार्यक्रम अन्तर्गत दोधारा चाँदनीका मेयर लिम्बुले गरे घरको शिल्यान्यास


दोधारा । दोधारा चाँदनी नगरपालिकामा बिपन्न तथा गरिबहरुको घर निमार्ण कार्यको अघि बढाईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले चालु आर्थिक वर्षमा नगर प्रमुख तथा नगर उपमेयर आवास कार्यक्रम अन्तर्गत बिपन्न तथा गरिब परिवारको लागी आवास बनाउन थाले संगै स्थानियहरुमा खुशी छाएको छ् । एक कार्यक्रमको बिच गरिब तथा बिपन्न घरपरिवारहरुको घर निमार्ण कार्यको दोधारा चाँदनी नगरपािलकाका नगरप्रमुख किशोर कुमार लिम्बुले शिल्यान्यास गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ स्थित जिरा सुनारको घर निमार्णको शिल्यान्यास गरिएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा नगर प्रमुख तथा नगर उपमेयर अन्र्तगत १९ घर निमार्ण हुदै छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बिपन्नमा अतिबिपन्न बर्गको छनौट गरि घर निमार्ण गर्न लागिएको बताउनुभएको छ् । उहाँले बिपन्न घरपरिवारहरुलाई आवास कार्यक्रम प्रत्येक बर्षमा निरन्तरता दिदै कच्ची घरलाई निर्मुल बनाउने उद्धेश्य रहेको बताउनुभएको छ् ।

आवास कार्यक्रम अनुसार रु. ४५ लाख बराबरको लागतमा नगर क्षेत्रमा बसोबास गर्ने बिपन्न तथा गरिब घरपरिवारको लागी १९ वटा घर निमार्ण गर्न लागेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख कुमार लिम्बुले बताउनुभएको छ् । घर बनाउन नसक्ने अवस्थामा रहेका अतिबिपन्न घरपरिवारलाई २ कोठा र एक बरन्डा सहित जस्तापाताको घर निमार्ण कार्य भईरहेको नगर प्रमुख आवास निमार्ण उपभोक्ता समितिका अध्यक्ष किशोर आग्रीले बताउनुभएको छ् ।

घर निमार्ण हुने भएपछि गरिब तथा बिपन्न घरपरिवारहरु मख्खै भएका छन् । वर्षामा पानी चुहिएर सुत्न नपाउने र चैत बैशाखमा हावा हुरीले घरको छाना फालिदिने समस्या हट्ने उनिहरुले बताएका छन् । बिपन्नताको कारण घर बनाउन नसक्नेहरुकालाई दोधारा चाँदनी नगरपालिकाको आवास कार्यक्रमले निकै सहयोग पुग्ने स्थानियहरुले बताएका छन् ।


ताजा समाचार

spot_img