बिभिन्न ६ सुत्रिय माँग सहित दोधारा चाँदनीका मेयर लिम्बुलाई ज्ञापन पत्र


दोधारा । बिभिन्न ६ सुत्रिय माँग सहित दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई नेपाल राष्ट्रिय शिक्षक संगठनले ज्ञापन पत्र बुझाएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई आज नगरपालिका कार्यालयमा संचालन भएको एक कार्यक्रमको बिच नेपाल राष्ट्रिय शिक्षक संगठन दोधारा चाँदनीले बिभिन्न ६ सुत्रिय माँग सहित ज्ञापन पत्र बुझाएको छ् । शिक्षक दरबन्दीमा नयाँ स्थायी शिक्षक पदस्थापन गर्दा विस्थापित हुने अस्थायी (करार) दरबन्दीमा कार्यरत शिक्षकहरुलाई रिक्त दरबन्दीबाट पदपुर्ति गरी कनिष्टताका आधारमा नियमानुसार (नियुक्ति मिति) पदस्थापन गरियोस्,

निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई सम्बन्धित तहको स्केल बमोजिमको तलव भत्ता उपलब्ध गराइयोस्, साथै नगरपालिका शिक्षक क्रमश चन्दु देवी धनाडी र सिमारानी रावतको तलव भत्ता वृद्धिगरी तहगत स्केल उपलब्ध गराईयोस्, शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरुको तलव भत्ता, पोषाक तथा दशैं खर्च निकाशाका लागी पहल गर्न सम्बन्धित निकायमा अनुरोध गरियोस्, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीलाई संघिय सरकारले तोकेबमोजिम न्युनतम तलब सुविधा उपलब्ध गराईयोस्,

राहत दरबन्दीमा कार्यरत शिक्षकहरुलाई विरामी विदा, संचयकोष र अनिवार्य अवकाशमा परेका शिक्षकहरुलाई अवकाश, पश्चात एकमुष्ट अनुदान मिलाउन पहल गरियोस्, करार दरबन्दीमा स्थायी शिक्षकहरु पदस्थापना गर्दा विस्थापित हुने करार दरबन्दीका शिक्षकहरुलाई रिक्त हुने राहत दरबन्दीमा स्थापित गर्न पहल गरियोस्

लगाएत बिभिन्न माँग सहित नेपाल राष्ट्रिय शिक्षक संगठन दोधारा चाँदनीका नगर अध्यक्ष चन्द्र देव पन्त, सचिव तर्कराज भट्ट लगाएत टोलीको हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ् ।


ताजा समाचार

spot_img