दोधारा चाँदनीमा किसान बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ् । किसान बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका उपाध्यक्ष टिकेन्द्र बहादुर थापाको सभाध्यक्षमा संचालन भएको केन्द्र प्रमुख गोष्ठीका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगा देबी जोशी रहेका थिए । आतिथीमा दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम सिंह रावल, दोधारा चाँदनी– ४ का वडा सदस्य गगन बहादुर सिंह, पदम राज भट्ट, चाँदनी बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बुढाथोकी, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका सई बिर बहादुर सुनार लगाएत विभिन्न केन्द्रका केन्द्र प्रमुख, शेयर सदस्य लगाएत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो बिचार राख्दै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले किसान बहुउद्देश्यीय सहकारी संस्थाले बचत संकलन संगै बिभिन्न खाले सामाजिक कार्य गर्दै आएको बताएका छन् । दोधारा चाँदनी नगर क्षेत्रका छरिएर रहेका संस्थाको केन्द्रले महिलाहरुको जिवीकापार्जन संग आम्दानीको श्रोत बढाउने कार्य गर्दै आएको प्रशंसा गर्दै आगामी दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालय संग समन्वय गरि स्थानिय महिलाहरुको आर्थिकपार्जनमा जोड दिने कार्यक्रम गर्न बिश्वास आफुले लिएको दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

सहकारीले गाँउ बस्तीका किसानहरुलाई विभिन्न खालको सहजता प्रदान गरेको उनको भनाई छ् । संस्थाबाट लिएको रकम सही ठाँउमा प्रयोग भएको खण्डमा उन्नति हुने गरेको दोधारा चाँदनी– २ का वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा किसान बहुउद्देश्यीय सहकारी संस्थाले स्थानियहरुलाई बिभिन्न खाले सेवा सुबिद्या दिदै आएको बताउदै वडा सदस्य सिंहले संस्थाले संचालन गरेको मोवाईल बैंकिङ सेवा, ‘मिसकल’ बैंकिङ सेवा, एटिएम सेवा निकै प्रभावकारी रहेको बताएका छन् । समय सान्द्रभिक संस्थाले स्थानियहरुको सेवामा समर्पित हुदै आएको भन्दै बक्ताहरुले संस्थालाई धन्यबाद दिएका छन् ।

कार्यक्रममा संस्थाको केन्द्र प्रमुखलाई सम्मान संग पुरुस्कृत गरिएको छ् । कार्यक्रममा उकृष्ट केन्द्र, उकृष्ठ केन्द्र प्रमुख, केन्द्रमा अबद्ध भएका जनप्रतिनिधीलाई सम्मान गरीएको थियो । वार्षिक रुपमा केन्द्रका सदस्यहरुले गरेका कामहरु, संस्थाले दिएका सेवाहरुको बारेमा वृहत् छलफल गर्ने उद्देश्यले गोष्ठी गरीएको किसान बहुउद्देश्यीय सहकारी संस्था दोधारा चाँदनीका शाखा प्रमुख देशराम चौधरीले बताएका छन् ।

२०५२ सालमा २५ जना सेयर सदस्यबाट सुरु गरीएको यो संस्थामा हाल ७८ हजार ५ सय शेयर सदस्यहरु रहेका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds