दोधारा चाँदनीका ७ बिद्यालयमा मेयर र बिद्यार्थी बिच अन्तरक्रिया सम्पन्न

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शैक्षिक गुणस्तर बढाउन एक महिना देखि संचालन गरेको मेयर र बिद्यार्थी बिच अन्तरक्रिया आज सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– १ महाकाली आदर्श माध्यमिक बिद्यालयमा मेयर र बिद्यार्थी बिच अन्तरक्रिया सम्पन्न भएको हो । दोधारा चाँदनी नगरपालिकामा रहेको सामुदायिक बिद्यालय लक्ष्मी माबि, जनज्योती माबि, अम्बिका माबि, भानु माबि, शारदा सरस्वती माबि, शंकर पार्वती माबि र महकाली आदर्श माबिमा मेयर र बिद्यार्थी बिच अन्तरक्रिया सम्पन्न भएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । नगरको शिक्षामा गुणस्तर ल्याउन दोधारा चाँदनीका मेयर लिम्बुले बिद्यालय अनुगमन संगै बिद्यार्थी संग छलफल तथा अन्तरक्रियालाई जारी राखेका थिए ।

मेयर लिम्बुका योजना अनुसार केही दिन देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका माध्यमिक बिद्यालयका बिद्यार्थीहरु संग अन्तरक्रिया तथा छलफल जारी राखेका हुन् । बिद्यालयमा रहेको शिक्षा, भौतिक पुर्वाधार, खानेपानीको समस्या, शिक्षकको व्यवहार तथा शिक्षण तवर तरिका लगाएत बिषयमा बिद्यार्थीहरु संग अन्तरक्रिया संचालन गरेका हुन् । नगर क्षेत्रमा २१ वटा सामुदायिक बिद्यालय, २३ वटा संस्थागत बिद्यालय, २ वटा सिएलसी कक्षा र एक बहुमुखी क्याम्पस रहेका छन् । झण्डै ९ महिना अघि दोधारा चाँदनी नगरपालिकालाई पूर्ण साक्षर घोषित नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि आफ्नै तरिकाका नीति तथा कार्यक्रम तय गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि मेयर लिम्बुले बिभिन्न समयमा फरक फरक तरिकाको शैक्षिक कार्यक्रमहरु तय गर्दैै आएको छ् ।

अधिकांश बिद्यालयहरुमा भौतिक पुर्वाधारको समस्या, शुद्ध खानेपानी, बिषयगत शिक्षकको अभाव, नगर बस सेवा, खेल शिक्षक, बिद्यालयका सिसिटिभी क्यामेराको अभाव लगाएत समस्या रहेको मेयर लिम्बुलाई बिद्यार्थीहरुले दर्शाएका छन् । बिद्यालय हातामा रातीको समयमा युवाहरुले मदिरा, भाङ लगाएत नशालु पदार्थ सेवन गरि बिद्यालयको बाताबरण दुर्घन्धित बनाएको बिद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई सुनाएका छन् । स्थानिय सरकारका प्रमुखनै आफुहरुको समस्या सुन्न आएको भन्दै बिद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई स्वागत गरेका छन् ।

विशेष गरी सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुन छाड्यो भन्ने जनगुनासो सुन्न थालिएपछि नगरको शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बिकासको लागी अभियान थालेको मेयर लिम्बुले बताएका छन् । बिभिन्न बिद्यालयका बिद्यार्थीहरुबाट आएका समस्या निराकरणको लागी मेयर लिम्बुले बिद्यालय ब्यवस्थापन समिति, पिटिए, शिक्षक तथा शिक्षा शाखा संग छलफल गर्ने कार्यक्रम रहेको बताएका छन् ।

शिक्षामा गुणस्तर ल्याउन बिगतका दिनहरु देखि प्रयासरत देखिएका मेयर लिम्बुले बिद्यार्थीहरु प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गरि उनिहरुको समस्या तथा गुनासो संकलन गरि सम्बोधन गर्ने तयारी गरिने बताईएको छ् ।

ताजा समाचार

This will close in 10 seconds