क्रिकेटर भिम सार्की दोधारा चाँदनीमा सम्मानित


दोधारा । दोधारा चाँदनीमा राष्ट्रिय क्रिकेटर खेलाडी भीम सार्कीलाई सम्मान गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ स्थित रहेको सिता पार्वती हार्डवेयर एण्ड सप्लायरले आज एक कार्यक्र संचालन गरि राष्ट्रिय क्रिकेट खेलाडी भीम सार्कीलाई सम्मान गरेको हो । खेलाडी भिम सार्की नगरपालिकाका स्थायी बासिन्दा हुन् । हालै काठमाडौामा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई पराजित गरी जिम्बाबेमा हुने एक दिवसीय विश्वकप ‘क्वालिफायर’ मा पुग्न सफल भएकामा राष्ट्रिय क्रिकेट खेलाडी भीम सार्कीलाई सम्मान गरिएको सिता पार्वती हार्डवेयर एण्ड सप्लायरका प्रोपोराईटर राजेश सुनारले बताएका छन् ।

क्रिकेटर सार्कीलाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ् । सम्मान कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका पुर्व मेयर बिर बहादुर सुनार, दोधारा चाँदनी नगरपालिका– १० का पुर्व वडाध्यक्ष नरबिर सुनार, लगाएत सिता पार्वती हार्डवेयर एण्ड सप्लायरका प्रोपराईटर राजेश सुनारका वुवा भगी सुनार लगाएत खेलाडी तथा स्थानियहरुको सहभागिता रहेको थियो । ‘देशकै गरिमा उच्च राख्नमा खेलाडीले अहम् भूमिका निर्वाह गरेको हुन्छ्, सिता पार्वती हार्डवेयर एण्ड सप्लायरका प्रोपराईटर राजेश सुनारले भने– ‘त्यसैले सम्मान गर्न लागेका छौं ।’

केही दिन अघि कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जित संगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img