आर्थिक उपार्जनको लागी दोधारा चाँदनीका उपमेयर जोशीले दिए आरानको समान

दोधारा । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले नरि लुहारलाई आरानको समान दिएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको उपमेयर कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– १ निवासी नरि लुहारलाई आर्थिक उपार्जनको लागी एक थान बिद्युतबाट संचालन हुने आगो बाल्ने पंखा र एक थान फलाम काट्ने बिद्युतिय मसिन हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् ।

बिगत लामो समय देखि आरान संचालन गरि जिवीकापार्जन गर्दै आएका नरि लुहारलाई आरान समानको कमी भएर समस्या पर्दै आएका थिए । उपमेयर गंगा देबी जोशीले उनकै घरमा आएर आरानको समान दिए पछि नरि लुहार खुशी भएका छन् । आर्थिक पार्जन गर्न सहज हुने बताउदै गरिब तथा बिपन्नहरुलाई सहयोग गरेको भन्दै लुहारले उपमेयर जोशी लगाएत सबै जनप्रतिनिधीलाई धन्यबाद दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले आफुले छुट्याएको कार्यक्रममा बिशेषत : गरिब तथा बिपन्न बर्गको सहयोग कार्यक्रम रहेको बताएका छन् ।

नरि लुहारको आर्थिक पार्जन गर्ने सामग्रीको कमीको कारण समस्यामा परेको आफुले महशुस गरेर आरानको समान सहयोग गरेको बताएका छन् । आरानको समान हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, वडा सदस्य गगन बहादुर सिंह, दोधारा चाँदनी नगरपालिका कार्यालयका सव–ईन्जिनियर अशोक चन्द लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds