दोधारा चाँदनीमा गरिब तथा बिपन्नलाई आवास कार्यक्रम अन्तर्गत १९ घर निमार्ण हुदै

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र उपमेयर गंगा देबी जोशी गरिब तथा बिपन्न घरपरिवारको घर निमार्ण कार्यमा जुटेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले चालु आर्थिक वर्षमा मेयर तथा उपमेयर आवास कार्यक्रमबाट १९ वटा गरिब तथा बिपन्नहरुलाई घर बनाउन लागेको हो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र उपमेयर गंगा देबी जोशीको कार्यक्रम अनुसार रु. ४५ लाख बराबरको लागतमा नगर क्षेत्रमा बसोबास गर्ने बिपन्न तथा गरिब घरपरिवारको लागी १९ वटा घर निमार्ण गर्न लागेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

गरिब तथा बिपन्न घरपरिवारको घर निमार्ण गर्न लागे संगै स्थानियहरुमा खुशी छाएको छ् । एक आवासमा निमार्ण गर्न जम्मा रकम रु. २ लाख ५० हजार रकम बिनियोज गरिएको छ् । जसमा २ कोठा, १ बरण्डा तथा जस्तापातको छाना हुने बताईएको छ् । निमार्ण क्रममा रहेको आवास कार्यक्रमलाई प्रभावकारी बनाउन दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु र उपमेगर गंगा देबी जोशी घरको अवस्था तथा स्थानियहरु संग राय संकलन गरेका छन् । बिगतका दिनहरु हावा, पानीको समस्या झल्दै आएका कच्ची घरमा बसोबास गर्नेहरु कयौ दिन सम्म वर्षाको कारण राती सुत्न नपाएको स्थानियहरुले दुख ब्यक्त गरेका छन् ।

आर्थिक कठिनाई भएको कारण बस्ने सुरक्षित घर निमार्ण गर्न नसकेर चुहिएको घरमा बस्न बाध्य हुदै आएको उनिहरुले मेयर र उपमेयरलाई बताएका छन् । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले अतिविपन्नहरुको घर निमार्ण गरिदिन लागेको बताएका छन् । ‘हामीले अति गरिब परिवार त्यसैमा घर बनाउन समेत नसक्ने घरपरिवारलाई घर निमार्ण गर्न लागेका हौ’ दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले भने । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायकाहरुलाई घर निमार्ण गर्न यस चालु आर्थिक वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालयले मेयर आवास कार्यक्रम र उपमेयर आवास कार्यक्रममा रकम बिनियोजन गरेको हो ।

दोधारा चाँदनी नगपालिकाका वडाका दशै वटा वडाहरुमा रहेका बिपन्नहरुलाई छनौट गरि आवासहरु निमार्ण कार्य अघि बढाईने भएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताउनुभएको छ् ।

जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी लिए संगै जनतालाई घर घरमै सिंहदरबार आएको अनुभूति हुन थालेको भन्दै स्थानियहरुले मेयर आवास कार्यक्रमलाई निरन्तरता दिन माँग समेत गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds