दोधारा चाँदनीका उपमेयर आवास कार्यक्रम अन्तर्गत घरको शिल्यान्यास

दोधारा । दोधारा चाँदनी नगरपालिकामा उपमेयर आवास कार्यक्रम अन्तर्गत घरको शिल्यान्यास गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले एक कार्यक्रमको बिच वडा नं. ४ निवासी प्रेम बहादुर सुनारको आवास निमार्णको शिल्यान्यास गरेका छन् । चालु आर्थिक वर्षको उपमेयर आवास कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गरिब तथा बिपन्न गर्बहरुलाई ९ वटा घर निमार्ण गर्ने भए अनुसार उपमेयर आवास कार्यक्रम अनुसार प्रेम बहादुर सुनारको घर निमार्ण हुन थालेको हो । घर बनाउन नसक्ने अवस्थामा रहेका अतिबिपन्न घरपरिवारलाई २ कोठा र एक बरन्डा सहित जस्तापाताको घर निमार्ण कार्य भईरहेको दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशीले बताएका छन् । घर पाएपछि स्थानियहरु मख्खै भएका छन् । प्रेम बहादुर सुनारका अनुसार वर्षामा पानी चुहिएर सुत्न नपाउने र चैत बैशाखमा हावा हुरीले घरको छाना फालिदिने गर्दै आएको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाको उपमेयर आवास कार्यक्रम अनुसार उपमेयर गंगा देबी जोशीले घर निमार्ण गरिदिने भएपछि सुनार परिवार खुशी भएका छन् । अबका दिनहरुमा वर्षा र हावा हुरीले छुटकारा पाउने प्रेम बहादुर सुनारले बताउदै दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी लगाएत नगरपालिका कार्यालयको टिमलाई धेरै धेरै धन्यबाद दिएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले उपमेयर आवास कार्यक्रम अनुसार दोधारा चाँदनीमा अतिविपन्न घरपरिवारलाई छनौट गरि आवास कार्यक्रम संचालन गरेकोमा उपमेयर गंगा देबी जोशी लगाएत नगरपालिका टोलीलाई धन्यबाद दिएका छन् ।

‘बिपन्नताको कारण घर बनाउन नसक्नेहरुलाई उपमेयर आवास कार्यक्रमले निकै सहयोग पुग्ने भएको छ्’ दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले भने ।

शिल्यान्यास कार्यक्रममा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी–४ का वडा सदस्य गगन बहादुर सिंह, उपमेयर आवास कार्यक्रमका उपभोक्ता समितिका पदाधिकारी लगाएत सुनारका घरपरिवार तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds