बिपन्न भिम बहादुरलाई दोधारा चाँदनी वडाध्यक्ष खत्रीले गरे सहयोग

दोधारा । गरिब तथा बिपन्न बर्गलाई सहयोग गर्दै आएका दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले गरिब तथा बिपन्न भिम बहादुर सुनारलाई आर्थिक खाद्यान्न सहयोग गरेका छन् । गएको फाल्गुन महिनामा सुनारको घरमा आगलागी भएको थियो । आगलागीमा उनको सर्वश्व जलेर नष्ट भएपछि सुनार छिमेकीको आश्रयमा बस्दै आएका छन् । भिम बहादुर सुनार जेष्ठ नागरिक हुन् । उनि बिगत लामो समय देखि एक्लै बस्दै आएका छन् । आर्थिक अवस्था दैनिय रहेको दोधारा चाँदनी नगरपालिका– ५ का भिम बहादुर सुनारलाई आज उनैका घरमा कार्यक्रम गरि एक बोरा चामल, नगद रु. ३ हजार र रु. १५ हजार बराबरको खाद्यान्न र लत्ताकपडा खरिद गर्ने गरि दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले सहयोग गरेका छन् ।

वडाध्यक्ष खत्रीले रु. ५ हजार र चामल र नगद रकम संकलन गरि पिडित भिम बहादुर सुनारलाई सहयोग गरेका हुन् । आफु संग खाना र लत्ताकपडा नभएको अवस्थामा वडाध्यक्ष खत्रीले सहयोग गरेपछि भिम बहादुर सुनार मख्खै भएका छन् । वडाध्यक्ष खत्रीले पिडामा रहेको भिम बहादुरको अवस्था देखेर सहयोग गरेको बताएका छन् । वडाध्यक्ष केशाव खत्रीले घर जलेर नष्ट भएको र पिडित सुनारका लागी घर र खानेपानीको ब्यवस्था गरिदिने तयारीमा जुटेको बताएका छन् ।

‘मैले वडाको पहलमा घर तथा खानेपानीको नलको ब्यवस्था गरिदिने तयारीमा छु’ वडाध्यउक्ष केशव खत्रीले भने । बिगतका दिन देखि दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले गरिब तथा दिनदुखीलाई सहयोग गर्दै आएका छन् ।

आफुले पाउने सरकारी सुबिद्याबाट गरिब बिद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने, रोगी तथा खानाको समस्या भएकाहरुलाई सहयोग गर्दै आएका छन् , वडाध्यक्षको कार्य प्रति स्थानियहरुले खुशी ब्यक्ती गर्दै खुलेरै सामाजिक संजालमा प्रशंसा गर्दै आएका छन् ।

ताजा समाचार

This will close in 10 seconds