साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारिकरण तालिम


दोधारा । भिमदत्त नगरपालिका– १४ मा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिम सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) कञ्चनपुरद्धारा सञ्चालित सुदृढ परियोजनाको आयोजना र डिसिएको आर्थिक सहयोगमा नयाँ बस्ती कटानमा रहेको राना थारु सामुदायिक होम स्टेमा साना व्यवसायीका लागी मुल्य श्रृखला तथा बजारीकरण तालिमको सुरु भएको हो । तालिममा भिमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका १८ साना उद्यमी र ब्यवसायीहरुका ३४ जनाको सहभागी रहेको छ् । तालिम उद्यमी र उद्यमशिलता, उद्यमहरुका किसिमहरुको बिषयमा जानकारी, सफल ब्यवसायीका आवश्यक पक्ष सम्बन्धी जानकारी, मुल्य श्रखला र बजार ब्यवस्थापन, बजारीकरणको आबश्यकता, बजारको माँग, उत्पादित बस्तुको मुल्य अभिवृद्धी लगाएतका बिषयमा केन्द्रित भएको सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले बताएका छन् ।

स्थानिय उद्यमशिलतामा रहेका उद्यमिहरुको सेवा थप प्रभाबकारी बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरीएको उनले बताए । हाल साना ब्यबसायिहरुका बिद्यमान चुनौतिहरु बजार प्रतिस्पर्धा, बजारको माँग, वातावरणिय प्रभाव, कमजोर ब्यब्स्थापन, राजनैतिक र आर्थिक प्रभाब र साधन श्रोतको कमी लगाएतका बिषयलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बिषयमा तालिम जानकारी दिईने भएकाले उद्यमिहरु गर्ने उद्यमसिलतामा थप टेवा पुग्ने उनले बिश्वास ब्यक्त गरेका छन् । मुल्य श्रृखला तथा बजारीकरण सम्वन्धि तालिम २ दिन सम्म सञ्चालन हुने उनले जानकारी दिएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघले सुदृढ परियोजनाको सहयोगमा कञ्चनपुरका भिमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकामा विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील समुदायको निर्माण गरि महाकाली नदी तटिय क्षेत्रका समुदायहरुको जीवन स्तरमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ बिभिन्न कार्यक्रम सञ्चालन गरीरहेको छ् ।

परियोजनाले मुख्यतया जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण र जीविकोपार्जन तथा स्थानीय तहको क्षमता अभिवृद्धिका क्षेत्रमा केन्द्रित रहेर आफ्ना क्रियाकलापहरु संचालन गरीरहेको सुदृढ परियोजनाका संयोजक सुनारले बताएका छन् ।


ताजा समाचार

spot_img