दोधारा चाँदनीका उपमेयर जोशीले शोकमा डुबेका बिपन्न परिवारलाई गरे सहयोग


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख गंगा देबी जोशीले शोकमा रहेका बिपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ र ८ का दुई जना शोकमा रहेका बिपन्न परिवारलाई खाद्यान्न हस्तान्तरण गरेको दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा जोशीको सचिवालयले जनाएको छ् । दोधारा चाँदनी– ४ का मना देबी दमाई र वडा नं. ८ का निवासी मनिषा दमाईको केही दिन अघि मृत्यु भएको थियो । दुबै जनाको घरपरिवारको आर्थिक अवस्था निकै कमजोर रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका– ४ का मृतक मना देबी दमाईका घरपरिवारलाई ५० केजी आटा, ३ केजी नुन, २ केजी चिनी, २ लिटर खाने तेल, १ प्याकेट चियापत्ती, ३ केजी सोयाबिन र वडा नं. ८ का मृतक मनिषा दमाईको घरपरिवारलाई चामल २ बोरा, नुन ३ केजी, चिनी २ केजी, खाने तेल २ लिटर, १ प्याकेट चियापत्ती, ३ केजी सोयाबिन, १ क्रेट अण्डा लगाएत समान हस्तान्तरण गरेका छन् । दुबै जनाको घरपरिवारको आर्थिक अवस्था निकै दैनिय रहेको हुदा उनिहरुलाई शोकको बेला सघाउने प्रयत्न गरेको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

आगामी दिनहरुमा दुबै घरपरिवारलाई आफुबाट हुने सहयोग गर्ने दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले प्रतिबद्धता जाहेर गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनीका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य सदस्य गगन बहादुर सिंह, पदम भट्ट, हिरमा चन्द, नेपाली काग्रेंस दोधारा चाँदनी– ८ का कवडा सभापती टिका उपाध्याय्, दोधारा चाँदनी– ८ का पुर्व वडा सदस्य जय बहादुर खड्का लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img