नेपाल शिक्षक संघद्धारा दोधारा चाँदनी नगरपालिकाका मेयरलाई ज्ञापन पत्र

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई नेपाल शिक्षक संघले ज्ञापन पत्र बुझाएको छ् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयका पुगेर मेयर किशोर कुमार लिम्बुलाई ७ सुत्रिय माँग राख्दै नेपाल शिक्षक संघ दोधारा चाँदनीले ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक दोधारा चाँदनीका सचिव दिपक चन्द्र ओझाले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका अन्तर्गत अस्थायी करार शिक्षक, निजी श्रोत शिक्षक, शिक्षण सिकाई अनुदान शिक्षक, बालबिकास लगाएत बिद्यालय कर्मचारीका तमाम समस्या प्रति नेपाल शिक्षक संघको गम्भिर ध्याआकर्षण भएको बताउदै ज्ञापन पत्र बुझाईएको नेपाल शिक्षक दोधारा चाँदनीका सचिव दिपक चन्द्र ओझाले बताएका छन् ।

शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक पदपुर्ती गर्ने क्रममा सो पदमा कार्यरत अस्थायी करार शिक्षक बिस्तापित हुने अवस्था भएकोले यस नगरपालिकामा अस्थायी करार शिक्षक बिस्तापित नहुने गरि वा कम भन्दा कम बिस्तापित हुने गरि नियुक्ती तथा पदस्थापना गर्ने र बिस्थापित हुन सक्ने शिक्षकको नगरपालिकाबाट उचित ब्यवस्थापन गरिनु पर्ने, शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरुको २०७९ साल देखि हाल सम्म तलब निकासा नभएकोले निकासा गरिनु पर्ने, निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई सम्बन्धीत तहको तलबको ४० प्रतिशत बराबरको अनुदान दिईने भनेता पनि हाल सम्म आएको तदब रकम सो भन्दा कम रहेको र त्यसरी पाईने अनुदान सम्बन्धी तहको तलबको ६० प्रतिशत पुगाउनको लागी आवश्यक पहल गरिनु पर्ने,

हाल सम्म पनि बादबिकास शिक्षक तथा बिद्यालय कर्मचारीहरुलाई संघिय सरकारले तोके बमोजिम न्युनतम तलब सुबिद्या नपाईएकोले तुरुन्तै ब्यवस्था गर्नु पर्ने, निजी श्रोत र शिक्षण सिकाई अनुदान कोटाबाट कार्यरत शिक्षकहरुलाई नगरपालिकाबाट पोशाक खर्च उपलब्ध गराईने ब्यवस्था मिलाईनु पर्ने, शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरुलाई नगरपालिका श्रोतबाट चाड पर्व खर्च उपलब्ध गराईनु पर्ने,

प्रत्येक बिद्यालयमा प्रयोगमा आएका सेनेटेरी प्याडको ब्यवस्थापन तथा डिस्पोजको लागी नगरपालिकाबाट आवश्यक ब्यवस्थापन गरिनु पर्ने लगाएत माँग राख्दै ज्ञापन पत्र बुझाईएको नेपाल शिक्षक संघ दोधारा चाँदनीले जनाएको छ् ।

ज्ञापन पत्र बुझ्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शिक्षक संघले उठाएको माँगलाई नगरकार्यपालिकाको बैठकमा राखी छलफल गरिने बताएका छन् ।

ताजा समाचार