दोधारा । कमलामाई नगरपालिका (सिन्धुली) का नगर उप्रमुख मञ्जु देवकोटा सहितको टोली दोधारा चाँदनी नगरपालिकामा अवलोकन भ्रमणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले गर्दै आएको न्यायिक समितिको काम तथा अन्य बिकासका कामहरु अनुभव आदान प्रदान गर्न आज कमलामाई नगरपालिका (सिन्धुली) का नगर उप्रमुख मञ्जु देवकोटा सहितको टोली दोधारा चाँदनी नगरपालिका पुगेको हो । अवलोकन भ्रमण टोलीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु र उपमेयर गंगा दबी जोशीले स्वागत गरेका छन् ।
अवलोकन भ्रमण टोलीलाई दोसल्ला ओढाईएर स्वागत गरेको हो । भ्रमण टोलीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपप्रमुख गंगा देबी जोशी लगाएत नगरपालिकाका कर्मचारीहरुलाई भेट गरेका छ् । दोधारा चाँदनी नगरपालिका भौगोलिक द्धष्टिकोणले नेपालको फरक पालिका रहनुको साथै भारतको दुई ठुला प्रान्त उत्तराखण्ड र उत्तरप्रदेश संग जोडिएको पालिका रहेको हुदा हुदै गरेको बिकासको कामहरु कमलामाई नगरपालिका (सिन्धुली) को भ्रमण टोली अनुभव आदान प्रदान गर्न दोधारा चाँदनी पुगेको बताएको छ् ।
दोधारा चाँदनी नगरपालिका मेयर, उपमेयर तथा कमलामाई नगरपालिकाका उपमेयर सहितको टोलीको बिच न्यायिक समितिले गरेको काम तथा अन्य बिकासको कार्यको एक आपसमा अनुभव साटा–साट गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयरले कमलामाई नगरपालिका (सिन्धुली) का नगर उप्रमुख मञ्जु देवकोटा सहितको टोलीलाई महाकाली झोलुङ्गे पुल चित्र भएको मायाको चिनो हस्तान्तरण गर्दै आगामी दिनहरुमा सहकार्यलाई जोड दिने प्रतिबद्धता प्रकट गरेका छन् ।
कमलामाई नगरपालिका (सिन्धुली) का नगर उप्रमुख मञ्जु देवकोटाले दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुले गरेको जनताको काम समय सान्द्रभिक रहेको बताउदै आफुहरुको अवलोकन भ्रमण सफल रहेको बताएका छन् ।