दोधारा चाँदनीमा कक्षा ८ को वार्षिक परीक्षामा ८ सय ९० विद्यार्थी सहभागी

दोधारा । दोधारा चाँदनी नगरपालिकामा बिहीबार देखि कक्षा ८ को वार्षिक परीक्षा सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकामा सामुदायिक र संस्थागत २० विद्यालयमा परीक्षामा सहभागी भएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले दोधारा चाँदनी नगरपालिकाको २० वटा बिद्यालयका ८ सय ९० जना बिद्यार्थी कक्षा ८ को नगर स्तरिय परिक्षामा सहभागी भएको जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, उपप्रमुख गंगा देबी जोशी, योजना अधिकृत भान देब भट्ट, शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशी लगाएतको टोलीले हिजो देखि परिक्षाको अनुगमन गरेको छ । नगर स्तरिय कक्षा ८ को परिक्षालाई मर्यादित बनाउन समयमै सम्बन्धित निकायलाई निर्देशन गरिसकेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जनाएका छन् ।

साथै उनले परिक्षा केन्द्रमा निरन्तर स्थलगत अनुगमन भईरहेको बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भानु माध्यमिक बिद्यालय, लक्ष्मी माबि, शारदा सरस्वती माबि, अम्बिका माध्यमिक बिद्यालय परिक्षा केन्द्र रहेका छन् ।

विद्यार्थीको भविष्यलाई ख्याल गर्दै परिक्षालाई मर्यादित बनाउन निरन्तर अनुगमन गरिदै आएको नगर उपप्रमुख गंगा देबी जोशीले बताए ।

ताजा समाचार

This will close in 10 seconds