मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न दोधारा चाँदनीमा छलफल

दोधारा । बढदो मानव बेचबिखन ओसारपसार नियन्त्रण तथा रोकथामको लागी दोधारा चाँदनी नगरपालिकामा छलफल भएको छ् । दोधारा चाँदनी नगरपालिकामा बढदै गएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागी छलफल गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले जनाएका छन् । छलफलमा शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा देबी खत्री, दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट लगाएत अधिकारकर्मीको सहभागिता रहेको थियो । मानव बेचबिखन तथा तस्करी एक जगघन्य अपराध भएको हुदा यसलाई रोक्न सबैको दायित्व रहेको छलफलमा बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका क्षेत्र भारतको दुई ठुला प्रान्त उत्तराखण्ड र उत्तर प्रदेश संग जोडिएको नगरपालिका भएको हुदा दलालहरुले खुला सिमा क्षेत्रको मौका छोपेर मानव तस्करी गर्ने हुदा यसको रोकथाम तथा नियन्त्रणमा सबै एक जुट हुनुपर्ने आवश्यक रहेको छलफलमा बताईएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा देबी खत्रीले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन रोक्नका लागि योजनाबद्ध ढङगबाट अघि बढ्न आवश्यक रहेको शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका अध्यक्ष नन्दा देबी खत्रीले बताएका छन् । नगरपालिका खुला सीमा क्षेत्रमा गस्ती गर्ने, विद्यालयमा किशोर किशोरीलाई, बालबालिका संग छलफल चलाउने, जनचेतना मुलुक प्रचार प्रसार तथा बिभिन्न खुला सिमा क्षेत्रमा ब्यानर सहित लगाउने साथै दोधारा चाँदनी नगरपालिका सम्पूर्ण वडाहरुमा समेत सचेतनामुलक प्रचार प्रसार गर्न आगामी दिनमा रणनिती तयार गर्ने छलफल गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागी आफु र दोधारा चाँदनी नगरपालिका कार्यालय कटिबद्ध भएको बताउदै आगामी दिनहरुमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न थप बजेट बिनियोजन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

बिभिन्न समयमा दोधारा चाँदनी नगरपालिकाका किशोरी तथा महिलाहरुलाई भारतको बिभिन्न स्थानबाट उद्धार गरि घर सम्म पुऱ्याउदै आएको माईती नेपाल कञ्चनपुरको प्रशंसा गर्दै आगामी दिनमा माईती नेपाल कञ्चनपुर संग थप सहकार्य गर्दै जाने दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

भारतिय सिमा सुरक्षा बल (एसएसबी), सशस्त्र प्रहरी, नेपाल प्रहरी र दोधारा चाँदनी नगरपालिका क्रियाशिल संस्थाहरु संस्थाहरु संग सहयोग र सहकार्य गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने कार्य गर्ने प्रतिबद्धता जाहेर गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds