दोधारा चाँदनीका भुवनको उपचार खर्च जुटाउन सहयोग संकलन अभियान


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका भुवन औजीको उपचारका लागी उपचार खर्च जुटाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ निवासी वर्ष अन्ताजी ३० का भुवन औजीको उपचारको लागी आर्थिक संकलन सुरु गरिएको दोधारा चाँदनी– २ का वडा सदस्य मनकला खनाल पुजाराले जानकारी दिएका छन् । भुवनको प्याङक्रीयामा समस्याका कारण उनि झण्डै २ वर्ष देखि समस्यामा परेका छन् । आर्थिक अवस्था दैनिय रहेको भुवनको उपचारको लागी सर्वस्व सकिएपछि उनको उपचारको लागी सहयोग संकलन अघि बढाईएको वडा सदस्य पुजाराले बताएका छन् । भारतको खटिमा शहरको एक निजी अस्पतालमा भुवनको उपचार भईरहेको छ् ।

आर्थिक कठिनाईले औषधी समेत खरिद गर्न नसकेको अवस्थामा वडा सदस्य मनकला खनाल पुजारा सहितको स्थानियहरुले भुवन औजी बचाऔं अभियनाको सुरुवात गर्दै आर्थिक सहयोग संकलन गर्दै आएका छन् । वडा सदस्य पुजाराका अनुसार आफ्नो पहलमा देश बिदेशमा रहदै आएका नेपालीहरुबाट रु. १५ हजार संकलन भएको र संकलन हुने क्रम रहेको बताएका छन् । उपचारको लागी आर्थिक संकलन कार्यलाई तिब्रता दिदै आएको वडा सदस्यको पुजाराको भनाई रहेको छ् । ‘आर्थिक अवस्था निकै दैनिय रहेका भुवन औजीको उपचारको लागी हामीले आर्थिक सहयोग संकलन गरेका छौं’ वडा सदस्य मनकला खनाल पुजाराले भने ।

यस्तै दोधारा चाँदनी नगरपालिकामा रहेको पंचकोटी सिलाई व्यवसायी समितिले औजीको उपचारको लागी रु. १६ हजार संकलन गरेको र संकलन कार्य जारी राखेको बताईएको छ् । संकलन गरिएको रकम चाडै भुवनको परिवारलाई हस्तान्तरण गरिने बताईएको छ् । आर्थिक अवस्था दैनिय रहेको पारिवारिक पृष्ठभुमी भएका भुवन औजीको परिवारले उपचार खर्च धान्न नसक्ने हुदा उपचार खर्च जुटाउनको लागी आर्थिक संकलन अभियान सुरु गरिएको उनिहरुले बताएका छन् ।

उपचार खर्चका लागी धेरै पैसा लाग्ने देखिएकोले आफनै दाजु, भाई सम्झेर सहयोग गरिदिनहुन अनुरोध गरिएको छ् । सहयोगका लागी सनराईज बैंक लि. को खाता नं. १४०१००३४८०२०२००१ अथवा मोवाईल ९८६१०४९८०१ सम्पर्क गरिदिन सामाजिक संञ्जाल मार्फत अनुरोध गरिएको छ् ।


ताजा समाचार

spot_img