बाढी ग्रस्त बिद्यालयका बिद्यार्थीहरुलाई दोधारा चाँदनीका नगर उपप्रमुखले बितरण गरे पोशाक

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीको बाढी ग्रस्त बिद्यालयका बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको नगर उप्रमुख गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका वडा नं. १० ओंमकार आधारभुत बिद्यालयका कक्षा १ देखि ७ सम्मका २ सय जना बिद्यार्थीलाई निशुल्क पोशाक बितरण गरिएको हो । आर्थिक अवस्था दैनिय रहेका बिद्यार्थीहरुलाई पठन पाठनमा सघाउन होस् भन्ने उद्धेश्यले बिद्यालय पोशाक बितरण गरिएको दोधारा चाँदनीका नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीले बताउनुभएको छ् ।

परिवारको आर्थिक स्थिती कमजोर रहेको र एक पटक सिलाएका पोशाक पुराना तथा फाटेको भएकाले बिद्यार्थीहरु बिद्यालय नियमित आउन छोड्ने गरेको कारण बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको हो । पुराना तथा च्यातिएका पोशाकका समस्याका कारण नियमित बिद्यालय नआउने बिद्यार्थीहरुको लागि पोशाक बितरण गरिएको दोधारा चाँदनीका नगरपालिका नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभएको छ् । बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराई पठनपाठनमा सहभागी गराउन हौसला प्रदान गर्ने अभिप्रायले यस्तो व्यवस्था गरिएको नगरउपप्रमुख जोशीको भनाई रहेको छ् ।

सामुदायिक बिद्यालय तर्फ घट्दो आकर्षणलाई पुन : बढाउन समेत गरिब तथा बिपन्न बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको पोशाक बितरण कार्यक्रमका बक्ताहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाले निशुल्क ड्रेस पाए संगै बिद्यार्थी तथा अभिभावकहरु खुसी देखिएका छन् । बिद्यार्थीहरुलाई पोशाक बितरण कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, अभिभावकको उपस्थिती रहेको थियो ।

दोधारा चाँदनी नगरपालिका– १० को बाढी ग्रस्त बिद्यालय ओंमकार आधारभुत बिद्यालय र जंगली हात्ती पिडित क्षेत्र भनेर चिनीने दोधारा चाँदनी– ३ बडुवाल टोलमा बिद्यार्थीहरुलाई पोशाक बितरण गर्ने कार्यक्रम अन्तर्गत आज देखि बिद्यालयमा पोशाक बितरण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

ताजा समाचार