दोधारा चाँदनीका युवालाई तालिम


कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका युवालाई विभिन्न सीपमुलक तालिम संचालन गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिष्द दोधाराचाँदनीको आयोजनामा नगरका युवालाई विभिन्न सीपमुलक तालिम संचालन गरिएको हो । नगरपालिकाको आर्थिक सहयोगमा ७ दिने उद्घोषण तालिम र बेमौषमी तरकारी खेती कृषि तालिम संचालन गरिएका छन ।

नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिष्द दोधाराचाँदनीका अध्यक्ष डम्बर गुरुङ्गको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा दोधाराचाँदनी नगरपालिका ६का वडाध्यक्ष ओम बस्नेतको प्रमुख आथित्य एव नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठको बिशिष्ठ आथित्यमा तालिम उद्घाटन गरिएको छ । उद्घोषण तालिममा २५ र कृषि तालिममा ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सिकेका विषयबस्तु व्यवहारिक प्रयोग गर्नुपर्नेमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img