काठमाडौं: काठमाडौंको आलोकनगरमा सफलतापूर्वक सञ्चालन हुँदै आएको ‘चिया कफी दरबार’ ले आज (आइतबार) आफ्नो दोस्रो शाखा सामाखुसी, काठमाडौंमा औपचारिक रूपमा उद्घाटन गर्ने भएको छ।

चिया कफी दरबारका सञ्चालक नरेन्द्र शाहका अनुसार बिहान ११:०० बजे आयोजना हुने शुभारम्भ कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, शुभेच्छुक तथा ग्राहकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

सञ्चालक शाहले नेपाली युवाहरूले स्वदेशमै लगानी गरी रोजगारी सिर्जना गर्ने र देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ व्यवसाय सञ्चालन गर्दै आएको बताए। उनले भने, “युवा व्यवसायीहरूले विदेशतर्फ मात्र होइन, नेपालमै लगानी गरेर केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका साथ हामीले यो यात्रा अघि बढाएका छौँ।ग्राहकहरूको विश्वास र साथले नै दोस्रो शाखा विस्तार गर्न सफल भएका हौँ।”

परम्परागत स्वाद, आत्मीय सेवा र गुणस्तरीय चिया तथा कफीका लागि परिचित चिया कफी दरबारले नयाँ शाखामार्फत पनि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। उद्घाटन समारोहमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण शुभेच्छुक तथा सर्वसाधारणमा हार्दिक निमन्त्रणा समेत गरिएको छ।










