दोधारा चाँदनीमा घरेलु हिंसा पिडितहरुका लागी आश्रय स्थल तथा सेवा केन्द्र संचालन

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा घरेलु हिंसा पिडित महिला तथा बालबालिकाहरुका लागी अल्पकालिन आश्रय स्थल र नगर सेवा केन्द्र संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ मा बिधिवतरुपमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले घरेलु हिंसा पिडितहरुका लागी अल्पकालिन आश्रय स्थल तथा नगर सेवा केन्द्रको समउद्धघाटन गर्नुभएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालय, संघिय सरकार, प्रदेश सरकारबाट झण्डै रु. ४७ लाख लागतमा निमार्ण कार्य सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दुई तले भवनमा एक सभा हल, ५ कोठा लगाएत शौचालय र भान्सा कोठा रहेको छ् । माथिल्लो तलाको निमार्ण कार्य जारी रहेको बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले उक्त सेवा केन्द्रलाई स्थानिय दोधारा चाँदनी दिदी बहिनी संस्थालाई हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले हिंसा पिडितहरुको लागी नगर क्षेत्रको पहिलो आश्रय स्थल तथा सेवा केन्द्र रहेको बताउनुभएको छ् । नगर प्रमुख लिम्बुले नगर क्षेत्रमा कोही पनि घरेलु हिंसामा पिडित हुन नपरोस बताउनुहुदै हुदै घरेलु हिंसा मुक्त बनाउन दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् ।

बिभिन्न खाले हिंसालाई रोकथाम तथा कनियन्त्रणको लागी आफुहरु कटिबद्ध रहेको बताउनुहुदै नगर प्रमुख लिम्बुले नगरपालिकामा महिला तथा बालबालिका माथी हुने बिभिन्न खाले हिंसा रोक्न सबै लाग्नु पर्ने बताउनुभएको छ् । कार्यक्रममा दोधारा चाँदनी दिदी बहिनी संस्थाका अध्यक्ष सिता भण्डारीले आफुहरु महिला तथा बालबालिका माथी हुने हिंसालाई रोक्न आफ्नो संस्था सदैव कटिबद्ध रहदै आउने बताउनु भएको छ् ।

अध्यक्ष भण्डारीले घरेलु हिंसा पिडित महिला तथा बालबालिकाहरुका लागी अल्पकालिन आश्रय स्थल र नगर सेवा केन्द्र संचालनमा आगामी दिनहरुमा सबैको सहयोग र सहकार्य हुनु आवश्यक रहेको बताउनुभएको छ् । दोधारा चाँदनी नगर क्षेत्रमा महिला तथा बालबालिका हिंसा बढ्दै गएको कारण अल्पकालिन आश्रय स्थल र नगर सेवा केन्द्र संचालन गर्नु पर्ने आवश्यक रहेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds