शिक्षामा गुणस्तर ल्याउन मेयर लिम्बु र बिद्यार्थी बिच अन्तरक्रिया जारी (हेर्नुस् भिडियो)

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगरको शिक्षामा गुणस्तर ल्याउन बिद्यालय अनुगमन संगै बिद्यार्थी संग छलफल तथा अन्तरक्रियालाई जारी राखेका छन् । मेयर लिम्बुका योजना अनुसार केही दिन देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका माध्यमिक बिद्यालयका बिद्यार्थीहरु संग अन्तरक्रिया तथा छलफल जारी राखेका छन् । बिद्यालयमा रहेको शिक्षा, भौतिक पुर्वाधार, खानेपानीको समस्या, शिक्षकको व्यवहार तथा शिक्षण तवर तरिका लगाएत बिषयमा बिद्यार्थीहरु संग अन्तरक्रिया जारी राखेका छन् ।

अझै सम्म मेयर लिम्बुले लक्ष्मी माबि, जनज्योती माबि, अम्बिका माबि, भानु माबि र आज शारदा सरस्वती माबिमा बिद्यार्थीहरु संग पठनपाठन कार्यमा हुदे आएको समस्या तथा निराकरण गर्न के गर्ने भन्ने बिषयमा अन्तरक्रिया गरेका हुन् । दोधारा चाँदनी नगर क्षेत्रमा २१ वटा सामुदायिक बिद्यालय, २३ वटा संस्थागत बिद्यालय, २ वटा सिएलसी कक्षा र एक बहुमुखी क्याम्पस रहेका छन् । झण्डै ९ महिना अघि दोधारा चाादनी नगरपालिकालाई पूर्ण साक्षर घोषित नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि आफ्नै तरिकाका नीति तथा कार्यक्रम तय गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि बिभिन्न समयमा फरक फरक तरिकाको कार्यक्रमहरु तय गर्दैै आएको छ् ।

शारदा सरस्वती माबिमा बिद्यार्थीहरु संग गरिएको अन्तरक्रियामा भौतिक पुर्वाधारको समस्या, शुद्ध खानेपानी, बिषयगत शिक्षकको अभाव, नगर बस सेवा, खेल शिक्षक, बिद्यालयका सिसिटिभी क्यामेराको अभाव लगाएत समास्या रहेको बिद्यार्थीहरुले दर्शाएका छन् । बिद्यालय हातामा रातीको समयमा युवाहरुले मदिरा, भाङ लगाएत नशालु पदार्थ सेवन गरि बिद्यालयको बाताबरण दुर्घन्धित बनाएको बिद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई सुनाएका छन् । स्थानिय सरकारका प्रमुखनै आफुहरुको समस्या सुन्न आएको भन्दै बिद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई स्वागत गरेका थिए ।

विशेष गरी सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुन छाड्यो भन्ने जनगुनासो सुन्न थालिएपछि नगरको शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बिकासको लागी अभियान थालेको मेयर लिम्बुले बताएका छन् । केही दिन देखि मेय लिम्बुले बिद्यार्थीहरुको गुनासा तथा समस्या संकलन गर्दै हिडेका छन् । बिद्यार्थी र मेयरको बिच अन्तरक्रिया नाम दिएका उक्त कार्यक्रम दोधारा चाँदनीमा रहेका ७ वटा सामुदायिक बिद्यालयमा पुगेर बिद्यार्थीहरु संग मेयर लिम्बुले समस्या तथा गुनासा संकलन गर्ने भएका छन् । मेयर लिम्बुले संचालन गरेको बिद्यार्थी र मेयरको बिच अन्तरक्रिया निकै प्रभावकारी रहेको अभिभावकहरुले बताएका छन् ।

बिद्यार्थीहरु प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गरि उनिहरुको समस्या तथा गुनासो संकलन गरि सम्बोधन गर्ने कार्यक्रम रहेको मेयर लिम्बुले बताएका छन् । कतिपय शिक्षकहरु संग छलफल गरि समस्या हल हुने समस्या आएका छन भने, कतिपय बिद्यालय ब्यवस्थापन समिति तथा नगरपालिका कार्यालयले बिद्यार्थीहरुले उठाएका समस्या तथा गुनासो सम्बोधन गर्न सकिने बिषय भएको उनले बताएका छन् ।

बिद्यार्थीहरुको समस्यालाई समयमा हल गरि शिक्षा क्षेत्रमा गुण्स्तर ल्याउन आफु लागि परेको मेयर लिम्बुले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds