
दोधारा । दोधारा चाँदनी नगरपालिकामा १५ सय्याको अस्पतला निमार्ण कार्यले तिब्रता पाएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको स्त्तोरउन्नती गर्दै दोधारा चाँदनी नगरपालिकामा १५ सय्याको अस्पताल निमार्ण गर्ने नेपाल सरकारको घोषणा संगै दोधारा चाँदनी नगरपालिका– ६ महाकाली नदी नजिक निमार्ण कार्यले तिब्रता पाएको हो । केएस जेवी बाशुलिङ्ग मित्र जेवीको झण्डै रु. १४ करोडमा ठेक्का पछि निमार्ण कार्यले तिब्रता पाएको हो ।

दुई तले भवनमा लिफ्ट लगाएत आधुनिक सुबिद्या रहेको केएस जेवी बाशुलिङ्ग मित्र जेवीका प्रो. अनिल पाँण्डेले जनाएका छन् । गएको वर्ष देखि निमार्ण कार्य सुरु गरिएको उक्त निर्माधिन अस्पताल यहि अषाढ मसान्तमा सम्पन्न गर्ने निमार्ण कम्पनीले लक्ष्य राखेको छ् ।

दोधारा चाँदनी नगर क्षेत्रमा आधुनिक सुबिद्या सम्पन्न अस्पताल निमार्ण भए संग स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बिश्वास लिईएको छ् ।







