दोधारा चाँदनीमा एक हप्ते ‘भाईरल डोरी’ बनाउने तालिम सम्पन्न (हेर्नुस् भिडियो)


पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक हप्ते भाईरल डोरी बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको आयोजनामा एक हप्ते महिलाले लगाउने भाईरल डोरी बनाउने तालिम सम्पन्न भएको दोधारा चाँदनी– ५ वडाध्यक्ष केशव खत्रीले जनाएका छन् । महिलाहरुलाई आत्मनिर्भर बनाउन एक हप्ते महिलाको श्रंगार अर्थात भाईरल डोरी बनाउने तालिम संचालन गरिएको वडाध्यक्ष केशव खत्रीले बताए । एक हप्ते भाईरल डोरी सामपन सत्रमा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्री, कोषाध्यक्ष धनसरा चन्द, उपाध्यक्ष खिमा चन्द, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, ओरेकका रेखा नेपाली लगाएत शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका पदाधिकारी तथा तालिमका सहभागीको उपस्थिती रहेको थियो ।

घर तथा नगर समृद्ध हुनको लागी महिलाहरु आत्मनिर्भर हुनुपर्नेमा वडाध्यक्ष केशव खत्रीले जोड दिदै महिला दिदी बहिनीहरु विभिन्न पेशा तथा व्यवसाय मार्फत आफ्नो खुट्टामा आफै उभिनु पर्ने भन्दै आत्मनिर्भर भएर व्यावसायिक बन्नुपर्नेमा वडाध्यक्ष खत्रीले जोड दिएका छन् ।

तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न सके मात्र तालिमको औचित्य रहने बताउदै वडाध्यक्ष खत्रीले वडामा बेरोजगार रहेको युवा युवतीहरुले सिप सिकेर आत्मनिर्भर बनाउन आफु लागी परेको बताएका छन् । यस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले सिप सिकेर आत्मनिर्भर बन्न सके बिदेशमा धाउन नपर्ने बताएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा रोजगारीको धेरै सम्भावना रहेको हुदा सिपलाई सहि सदुपयोग गरे राम्रै पैसा कमाएर समृद्धि हुने बताएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ परियोजना दोधारा चाँदनी नगर क्षेत्रमा संचालन भईरहेको अवस्थामा कसैले जिवीका उपार्जनको लागी केही गर्न खोजे आफुहरुले उनिहरुको आर्थिक उपार्जनमा सघाउने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले प्रतिबद्धता जाहेर गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको सहयोग र शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजनामा संचालन भएको एक हप्ते भाईरल डोरी बनाउने तालिममा वडाका २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले तालिममा सहभागीहरुलाई तालिममा सिकेका कुरा ब्यवहारमा उर्तान आग्रह गर्दै वडामा रहेका महिलाहरुलाई सिप सिकाएर उनिहरुको जिवीकापार्जमा सघाउ पुग्ने कार्यक्रममा सहयोग गरेको भन्दै वडाध्यक्ष केशव खत्री तथा उनका टिमलाई धन्यबाद दिएका छन् ।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र संगै तालिम अबधी भित्र सघाउने ब्यक्तीहरुलाई संस्थाले प्रशंसा पत्र प्रदान गरेको संस्थाका कोषाध्यक्ष धनसरा खत्रीले बताएका छन् ।

 


ताजा समाचार

spot_img