दोधारा चाँदनीका मेयर लिम्बु र बिद्यार्थी बिच अन्तरक्रिया प्रभावकारी

दोधारा । भुगोल र राजनितिक ईतिहासमा दोधारा चाँदनी नगरपालिका एउटा आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको छ् । यो राजनैतिक तथा भौगोलिक दृष्टिकोणले पनि ऐतिहासिक नगर हो । दोधारा चाँदनी नगर क्षेत्रमा २१ वटा सामुदायिक बिद्यालय, २३ वटा संस्थागत बिद्यालय, २ वटा सिएलसी कक्षा र एक बहुमुखी क्याम्पस रहेका छन् । झण्डै ९ महिना अघि दोधारा चाँदनी नगरपालिकालाई पूर्ण साक्षर घोषित नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि आफ्नै तरिकाका नीति तथा कार्यक्रम तय गर्दै आएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका कार्यालयले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि बिभिन्न समयमा फरक तरिकाको कार्यक्रमहरु तय गरेको छ् ।

२०७४ मा नै नगर शिक्षा ऐन जारी गरेको छ् । नगरको शिक्षा सुधारका लागि नवीनतम अवधारण भित्र्याईरहेको छ् । दोधारा चाँदनीमा फरक तरिकाको अनुगमन तथा सुपरीवेक्षण अभियान थालेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले समय अनुकुल विद्यालयमा पुगी गुनासो संकलन तथा समस्या समाधानको उपाय खोजिने गरिएको छन् । नगरपालिका तथा शिक्षा शाखाको संयुक्त टोलीले दोधारा चाँदनी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको क्रमानुसार अनुगमन गर्दै आएको छ् । विशेष गरी सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान हुन छाड्यो भन्ने जनगुनासो सुन्न थालिएपछि नगरले शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बिकासको लागी अभियान थालेको हो । नगरले अधिकांश विद्यालयको फरक तरिकाले अनुगमन गरिरहेको बताईएको छ् । नगरको अनुगमन टोलीमा शिक्षा शाखाका प्रमुख तथा अन्य कर्मचारीहरु संलग्न हुने गरेका छन् ।

अनुगमनका क्रममा शिक्षक, विद्यार्थी संग छलफल गर्ने गरिएको छ् । छलफलमा उठेका विषय वस्तुलाई आधार मानेर नगरले आगामी योजनामा शिक्षा सुधारका योजना तय गर्ने भएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताए । अहिले आएर दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिद्यार्थीहरुको गुनासा तथा समस्या संकलन गर्दै हिडेका छन् । बिद्यार्थी र मेयरको बिच अन्तरक्रिया नाम दिएका उक्त कार्यक्रम दोधारा चाँदनीका ७ वटा सामुदायिक बिद्यालयमा पुगेर बिद्यार्थीहरु संग मेयर लिम्बुले समस्या तथा गुनासा संकलन गर्ने भएका छन् । दोधारा चाँदनी– ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय बिद्यालय, वडा नं. ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालय र आज वडा नं. ९ स्थित रहेको अम्बिका माध्यमिक बिद्यालयका बिद्यार्थीहरु संग उनिहरुको समस्या तथा गुनासाहरु संकलन गरेका हुन् । शिक्षा क्षेत्रको बिकास लागी मेयर लिम्बुले बिभिन्न कार्यक्रम रचनात्मक गरेका स्थानियहरुले बताएका छन् । मेयर लिम्बुले संचालन गरेको बिद्यार्थी र मेयरको बिच अन्तरक्रिया निकै प्रभावकारी रहेको बताईएको छ् ।

दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बिद्यार्थीहरु प्रत्यक्ष अन्तरक्रिया गरि उनिहरुको समस्या तथा गुनासो संकलन गरि सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका छन् । कतिपय शिक्षकहरु संग छलफल गरि समस्या हल हुने समस्या आएका छन भने, कतिपय बिद्यालय ब्यवस्थापन समिति तथा नगरपालिका कार्यालयले बिद्यार्थीहरुले उठाएका समस्या तथा गुनासो सम्बोधन गर्न सकिने बिषय भएको उनले बताएका छन् । बिद्यार्थीहरुको समस्यालाई समयमा हल गरि शिक्षा क्षेत्रको बिकास गर्न आफु लागि परेको मेयर लिम्बुले बताएका छन् ।

आजको बिद्यार्थी संग मेयरको अन्तरक्रिया कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, अम्बीका माध्यमिक बिद्यालयका प्रअ अमर बहादुर बुढा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम थापा तथा शिक्षक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

This will close in 10 seconds