दोधारा । दोधारा चाँदनी नगरपालिका कुतियावकर क्षेत्रमा बाढीबाट मानविय संगै धनमालको क्षतीलाई रोक्न सुरक्षित आश्रय गृह बनाउने तयारी सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा आज बसेको दोधारा चाँदनी मेयर, उपमेयर तथा बिभिन्न संघ– संस्थाका पदाधिकारीको एक बैठकमा दोधारा चाँदनी नगरपालिका क्षेत्रको बाढी ग्रस्त बस्ती कुतियाकवरमा बाढीबाट धनजनको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण गरिने भएको दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयको अनुरोधमा निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत संस्थाले कुतियावकर बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण गर्न सहमती जनाएको छ् ।


दोधारा चाँदनी नगरपालिका क्षेत्रको बाढीको उच्च जोखिममा रहेको कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल निमार्ण गर्न झण्डैं रु. ४० लाख लाग्ने अनुमान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय र संघ–संस्थाको लगानीमा आश्रय स्थल निमार्ण कार्य अघि बढाईने दोधारा चाँदनी नगरपािलका कार्यालयले सुरसार कसेको छ् । बाढीको बेला महिला, बालबालिका, अपांग, सुत्केरी महिला, अशक्तहरुको ज्यान जोगाउनुको साथै उनिहरुको आवश्यक खाद्यान्न तथा लत्ता कपडालाई सुरक्षित राख्न सकिने गरि निमार्ण गरिने दोधारा चाँदनी नगरपालिका कार्यालयका फोकल पर्सन रघुनाथ भट्टले बताएका छन् । सुरक्षित आश्रय गृह निमार्ण कार्यको लागी बिभिन्न संघ–संस्था संग दोधारा चाँदनी नगरपालिका कार्यालयले समन्वय गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिकाको भारत संग जोडिएको तथा बाढीको अति संबेदनशिल बस्ती रहेको हुदा कुतियाकवर बस्तीमा सुरक्षित आश्रय स्थल बनाउन बिगत लामो समय देखि स्थानियहरुले माँग गर्दै आएका हुन् । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुको पहलमा आश्रय स्थल निमार्णको लागी तयारी सुरु गरिएको बताईएको छ् । कुतियावकर बस्तीमा झण्डै ४२ घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा वर्षेनी बाढीले लाखौको धनमालका क्षती पुऱ्याउदै आएको छ् । बाढीको कारण मानविय क्षतीको त्रास पनि त्यत्तीकै रहन्छ् । बस्तीमा मानविय तथा धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण गर्नको लागी योजना अघि बढाईएको हो ।

आजको बैठकमा दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा दबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भान देब भट्ट, बिपद् फोकल पर्सन रघुनाथ भट्ट, लेखा अधिकृत यज्ञराज लेखक, ईन्जनियर दिपेन्द्र राज भट्ट, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का गणेश ठगुन्ना, निड्स नेपाल कञ्चनपुरका प्रयाग राज रेग्मी, नबिन भण्डारी, ईश्वर उपाध्याय लगाएतको उपस्थिती रहेका थियो ।
‘दोधारा चाँदनी– १० स्थित कुतियावकर क्षेत्र बाढीको उच्च जोखिममा रहेको हुदा उक्त क्षेत्रमा सुरक्षित आश्रय गृह निमार्ण गर्न अतिआवश्यक भएकोले सुरक्षित आश्रय स्थल निमार्णको लागी यसै क्षेत्रमा कार्यरत निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) संस्थाहरु संगको समन्वयमा प्रकृया अघि बढाउने र कुतियावकरमा रहेको सामुदायिक बिपद् ब्यवस्थापन समिति मार्फत कार्यान्वय गराउने निर्णय गरियो’ बैठकको निर्णयमा भनिएको छ् । बैठकले सुरक्षित आश्रय गृह निमार्णको लागी जग्गा ब्यवस्थापनको लागी सार्वजनिक जग्गा तथा दान दानतब्य प्राप्त गरि सोही जग्गामा निमार्ण गर्ने बैठकले निर्णय गरेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।






