दोधारा चाँदनीको एक घरमा आगलागी हुदा झण्डै दुई लाख बराबरको धनमाल क्षती


दोधारा । दोधारा चाँदनी नगरपालिकाको एक घरमा आगलागी हुदा झण्डै २ लाख बराबरको क्षती भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी भिम बहादुर सुनारको कच्ची घरमा आज बिहान आगलागी हुदा झण्डै रु. २ लाख बराबरको धनमाल क्षती भएको घरपरिवारले जनाएको छ् । भिम बहादुर सुनार राम्रो संग बोल्न सक्दैनन् । आर्थिक अवस्था दैनिय रहेको भिम बहादुर एक्लै उक्त घरमा बस्दै आएका थिए ।

आज बिहान अचानक खाना पकाउने स्थानबाट आगो सल्किएको बताईएको छ् । घरमा आगोलागी भएपछि स्थानिय, नेपाल प्रहरीहरुले आगो निभाउन थालेका थिए । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र थापाका अनुसार बिहान ८ बजे घरमा आगलागी भएको खबर पाए संगै प्रहरीको टोली आगो निभाउन पुगेका थियो । आर्थिक अवस्था निकै दैनिय रहेको भिम बहादुर सुनारको घरमा आगलागी भएपछि उनि खुला आकाशमा सुत्न बाध्य भएका छन् ।


ताजा समाचार

spot_img