दोधारा । दोधारा चाँदनी नगरपालिका– ७ स्थित कमलशा बाबा सास्कृतीक संरक्षण समितिले शनिवार हिन्दुहरुको महान पर्व शिवरात्रीको अवसरमा कलश यात्रा तथा झाँकी प्रदर्शन गर्ने भएको छ् । सदाझै यस वर्ष पनि दोधारा चाँदनी नगरपालिका– ७ स्थित कमलशा बाबा सास्कृतीक संरक्षण समितिले भब्यताको साथ विरात्री मनाउने दोधारा चाँदनी नगरपालिका– ७ स्थित कमलशा बाबा सास्कृतीक संरक्षण समितिका अध्यक्ष दिल बहादुर क्षेत्रीले बताएका छन् ।

शनिवार बिहान दोधारा चाँदनी– ९ अम्बिका माध्यमिक बिद्यालयबाट दोधारा चाँदनी– ७ कमलशा बाबा मन्दिर सम्म कलश यात्रा तथा झाँकी प्रदर्शन, रात्रीको समयमा जाग्रम तथा भजन किर्तन तथा झाँकी प्रदर्शन र आईतवार बिहान भण्डारा गरिने दोधारा चाँदनी नगरपालिका– ७ स्थित कमलशा बाबा सास्कृतीक संरक्षण समितिका अध्यक्ष दिल बहादुर क्षेत्रीले जनाएका छन् ।

कमलशा बाबा मन्दिरमा यस वर्ष पनि भब्यताको साथ बिभिन्न धार्मिक कार्यक्रम गर्ने बताईएको छ् । कार्यक्रमलाई भब्यताको साथ सु–सम्पन्न गर्ने सम्पुर्ण तयारी पुरा भईसकेको दोधारा चाँदनी नगरपालिका– ७ स्थित कमलशा बाबा सास्कृतीक संरक्षण समितिले जनाएको छ् ।







