दोधारा । वडाको रचनात्मक कार्यक्रम प्रखर देखिदै आएका दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले आफ्नो खाईपाई आउने सरकारी सेवा सुबिद्याबाट गरिव तथा विपन्नहरुलाई सहयोग गर्दै आएका छन् । वडामा रहेका बिपन्न तथा समस्या परेकाहरुको खोजी गर्दै बिभिन्न समयमा दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले आफुले पाउने सरकारी सेवा सुबिद्याबाट सहयोग गर्दै आएका छन् । यसै क्रममा आज पनि वडाध्यक्ष केशव खत्रीले दोधारा चाँदनी– ५ रकुली टोल निवासी पार्वती बुढालाई रु. १० हजार सहयोग गरेका छन् । पार्वती बुढा एपेन्डीक्सको शल्यक्रिया बिग्रीएपछि थला परेका छन् । उनको केही दिन देखि भारतको खटिमाको एक अस्पतालमा उपचारमा रहेका छन् ।

उनको शल्यक्रियामा समस्या देखिए संगै पार्वतीलाई थप उपचारको लागी भारतको अस्पतालमै राखिएको परिवारजनले बताएका छन् । शुकुम्वासी रहेका पार्वतीको उपचारको लागी झण्डै २ लाख भन्दा बढी खर्च भईसकेको बताईएको छ् । उनको आर्थिक अवस्था निकै दैनिय रहेको कारण उपचारमा समस्या रहेको पार्वतीका दिदी नन्दा डाँगीले बताएका छन् । यस अघि वडाध्यक्ष केशव खत्रीको पहलमा दोधारा चाँदनी नगरपालिका कार्यालयबाट पार्वतीको उपचारको लागी रु. ९ हजार रकम छुट्याएको बताईएको छ् । ‘बहिनीको उपचार कसरी गर्ने भन्ने चिन्ताले निकै सताएको छ,’ नन्दा डांगीले भने– ‘हामी संग एक रुपिँया पनि छैन्’ वहिनीको उपचारका लागि वडाध्यक्ष केशव खत्री एक सारथी बनेर आईदिनुभयो ।’ वडाध्यक्षको मानविय कार्यप्रति खुशी ब्यक्त गर्दै स्थानिय तथा पार्वतीको घरपरिवारजनले वडाध्यक्ष खत्रीलाई धन्यबाद दिएका छन् । भारतको खटिमा शहरमा रहेको एक अस्पतालमा पार्वतीको उपचारको लागी दैनिक रु. १५ हजार भारु खर्च हुने गरेको पार्वतीका अर्का दिदी चन्द्रा राना मगरले बताएका छन् ।

‘घरमा केही छैन् उपचार गर्नमा सर्वश्व सकियो’ चन्द्र राना मगरले भने– ‘उहाँ (वडा अध्यक्ष खत्री) भगवान बनेर आईदिनु भयो, उहाँले हामीहरुमा लगाएको गुन हामी कहिल्यै बिर्सदैनौं ।,’ दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष आजै पिडित पार्वको घरमा पुगेर रु. १० हजारको चेक हस्तान्तरण गरेका थिए । वडामा रहेका बिपन्न तथा गरिबको सेवामा खरो उत्रेका वडाध्यक्ष खत्रीले वडालाई नमुना वडा बनाउने बताउदै आएका छन् । यस अघि पनि आफ्नो पाउने सेवा सुबिद्याबाट एक दर्जन भन्दा बिद्यार्थीलाई सहयोग गर्दै आएका वडाध्यक्ष खत्रीले अष्ट्रेलियामा रहेका नेपाली दाजुभाईबाट सहयोग संकलन गरि वडामा रहेको विपन्न तथा असाहयहरुलाई सहयोग गरेका थिए ।







