लागु औषध दुव्र्यसनी तथा बालविवाह न्यूनिकरणका लागि शुक्लाफाँटामा सचेतना

कञ्चनपुर : लागु औषध दुव्र्यसनी तथा बालविवाह न्यूनिकरणका लागि शुक्लाफाँटा नगरपालिका ११ मा बिहीवार देखि दुई दिने सचेतना कार्यक्रमको आयोजना गरिएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालन गरिएको सचेतना कार्यक्रमको उद्घाटन कार्यक्रमा बोल्दै नगर उप प्रमुख कल्पना पन्तले लागु औषधका कारण किसोरहरु बढी प्रभावित हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै लागु औषधको प्रयोगलाई निरुत्साहीत गर्नका लागि सबैको सहयोगको खाँचो रहेको बताउनु भयो । उहाँले कार्यक्रममा सहभागी भएका किसोरहरुलाई कार्यक्रममा सिकेका कुराहरु अरु सम्म पुरयाउनु पर्ने बताउनु भयो । तपाईहरुले पनि लागु औषधको कुलतमा फस्नु हुदैन उहाँले भन्नु भयो, अरुलाई पनि कुलतमा फस्नबाट जोगाउनका लागि लाग्नु पर्छ । बीस मूनि विवाह गर्न कानुनले निषेध गरेको उल्लेख गर्दै उहाँले बालविवाह गर्न नहुने बताउनु भयो ।

बालविवाह गरे किसोरीले सानै उमेरमा बच्चा जन्माउदा विभिन्न रोगको शिकार हुनु पर्ने र घरेलु हिंसाको शिकार हुनु पर्ने उहाँको भनाई थियो । पढाई लेखाई गरी पेशा व्यवसायमा संलग्न भएपछि मात्रै विवाह गर्नु पर्ने उहाँले बताउनु भयो । वडा अध्यक्ष शेर बहादुर साउदले विद्यालयमा पढने बालबालिकाको ठुलो हतियार भनेको अनुसासन भएको बताउनु भयो । विद्यार्थीले अनुसानमा रहेर पठनपाठनको कार्यलाई बढी महत्व दिनु पर्ने उहाँले बताउनु भयो । साथी भाईको लहलहमा लागेर लागु औषधको प्रयोग गरेर जीवन वर्वाद भएको देखेका छौं उहाँले भन्नु भयो, त्यस्तो कार्यमा लाग्नु हुदैन, अभिभावकले पढाई गर्न पठाउने भएकाले त्यसमै ध्यान दिएर समाजको नेतृत्व गर्ने व्यक्ति बन्नु पर्छ । सरस्वती माध्यमिक विद्यालयका निमित्त प्रद्यानाअध्यापक गणेश बिष्टले बालबालिका काँचो माटो भएकाले जता मोडयो त्यस्तै आकार हुने बताउनु भयो । भाँडो निर्माण भैसकेपछि आकार परिवर्तन नसकिने भएकाले बालबालिकाले आफनो भविष्य बनाउनका लागि असल मार्गमा आजैबाट लाग्नु पर्ने बताउनु भयो ।

जति धनी भएपनि बुद्धि विवेक नभए धन पुरै जिवनभर नटिक्ने भएकाले पढेर आफनो खुट्टामा उभिएर मात्रै विवाह गर्नु पर्ने उहाँले बताउनु भयो । पढेर चेतनशिल नागरिकभै आत्मर्निभर भएपछि मात्रै विवाह गर्नु पर्छ उहाँले भन्नु भयो आफैबाट बालविवाह गरे पछि पश्चाताउनु बाहेक अर्को विकल्प हुदैन । इलका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले कार्यक्रममा लागु औषधले पुरयाउने हानी बारे किसोर किसोरीहरुलाई जानकारी दिनु भयो । लागु औषधको प्रयोग गर्ने र कारोवार गर्नेलाई हुने कानुनी कारवाही, स्वास्थ्य, परिवार र समाजमा पर्ने असरका बारे उहाँले कार्यक्रमका सहभागी किसोर किसोरीहरुलाई सचेत पार्नु भयो । लागु औषध रोक्नका लागि समाजको भूमिका बारे समेत उहाँले जानकारी दिनु भयो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, सञ्चारकर्मी, प्रहरीको सहभागीता रहेको थियो । शुक्लाफाँटा नगरपालिका र प्रहरीको समन्वयमा लागु औषध र बालविवाह न्यूनिकरणका लागि सचेतना कार्यक्रम दु्रत गतिमा अगाडी बढाएको छ ।

ताजा समाचार

This will close in 10 seconds