दोधारा चाँदनीमा वडाध्यक्ष खुला भलिवल प्रतियोगिता भब्यताको साथ सम्पन्न


दोधारा । दोधारा चाँदनी– ५ मा जारी वडाध्यक्ष खुला भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ् । दोधारा चाँदनी– ५ वडा कार्यालयको आयोजनामा संचालन भएको वडाध्यक्ष भलिवल प्रतियोगिता आज सम्पन्न भएको हो । गएको शनिवारबाट संचालन भएको वडाध्यक्ष खुला भलिवल प्रतियोगितामा ८ भलिवल टिमको सहभागिता रहेको थियो । आजको आयोजक टिम र वडा नं. २ को बिच भएको प्रतिष्प्रधी खेलमा दोधारा चाँदनी– २ को टिम बिजय भएको हो । आज बिहानबाट संचालन भएको खेल निकै प्रतिष्प्रधाको बिच संचालन भएको छ् ।

वडाध्यक्ष भलिवल प्रतियोगितामा प्रथम हुने दोधारा चाँदनी– २ र द्धतिय हुने आयोजक टिम अर्थात वडा नं. ५ का टिमलाई दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबि जोशी, वडाध्यक्ष केशव खत्री, ओंम बस्नेत, हरिसिंह धनाडी, भक्त बहादुर सुनार लगाएत जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी लगाएतले सम्मान तथा मेडल, शिल्ड तथा नगद धनरासी प्रदान गरेका थिए । भलिवलमा प्रथम हुने दोधारा चाँदनी– २ का भलिवल टिमलाई नगद रु. १५ हजार, ट्रफी, सम्मान पत्र प्रदान गरिएको थियो भने, द्धतिय हुने आयोजक टिम अर्थात वडा नं. ५ भलिवल टिमलाई नगद रु. १० हजार, ट्रफी, सम्मान पत्र प्रदान गरिएको दोधारा चाँदनी–५ वडा कार्यालयले जनाएको छ् ।

दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीको सभापतित्वमा संचालन भएको पुरुस्कार बितरण तथा वडाध्यक्ष खुला भलिवल प्रतियोगितामा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष पदम रावल, हरिसिंह धनाडी, भक्त बहादुर सुनार, ओंम बस्नेत, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट देबिस्थानका सई तेज सिंह भण्डारी, दोधारा चाँदनी नगरपालिका कार्यालय प्रमुख प्रशासकिय गणेश दत्त मिश्र, दोधारा चाँदनी नगरपालिका कार्यालयका योजना अधिकृत भान देब भट्ट, प्राबिधिक रघुनाथ भट्ट, सुचना अधिकृत डम्मर ध्वज अवस्थी, रुद्धध्वज गणका प्रमुख सेनानी सागर कार्की, सेनानी पवन थापा, मोहन केसी, अधिकारकर्मी तथा सुरक्षित संचालज दोधारा चाँदनीका संयोजक खिमा चन्द लगाएत खेलाडी तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।


ताजा समाचार

spot_img