पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

दोधारा । वास्तवमा पर्यटननै नेपालको आर्थिक उन्नतिको मेरुडण्डको मुख्य आधार हो भन्ने कुरा नेपाल सरकारले गरेको पर्यटन सम्वन्धी नयाँ पर्यटकीय गन्तव्यहरु सार्वजनिक हो । नेपाल र नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण प्राकृतीक सम्पदाले एकदमै धनी नेपाली प्राकृतिक सौन्दर्यता स्वच्छ हावा पानी हराभरा वन जङ्गल कलकलाउदा खोला नाला तालतलैयाका साथै मनमोहक तुल्याउने प्राकृतिक स्पर्सका लागी पर्यटन नेपालमा आगमन हुन्छन् । यसै कुरालाई मध्य नजर राख्दै दोधारा चाँदनी नगरपालिकामा खुला भलिवल प्रतियोगिता संचालन गरिएको छ् ।

दोधारा चाँदनी– ५ वडाध्यक्ष केशव खत्रीको पहलमा खुला पुरुष भलिवल प्रतियोगिता आज देखि ईन्द्र मध्यवर्ती सामुदायिक बन क्षेत्रको खेल मैदानमा संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रका ८ भलिवल क्लवले प्रतियोगितामा सहभागी भएको दोधारा चाँदनी– ५ वडा कार्यालयले जनाएको छ् । आज देखि पर्यटन प्रर्वद्धनको बिकासको उद्धेश्य बोकेर संचालन गरिएको वडाध्यक्ष कप भलिवल प्रतियोगिताको उद्धघाटन सत्रमा दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्री, कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष पदम रावल, हरिसिंह धनाडी, ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य, अधिकारकर्मी नन्द खत्री, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापा, नेपाली काग्रेंसका नेता महेन्द्र बिष्ट लगाएत सरोकारवाला, स्थानियहरुको बाक्लो सहभागी रहेको थियो ।

वडाध्यक्ष केशव खत्रीको पहलमा पर्यटन प्रर्वद्धनको बिकासको उद्धेश्य बोकेर संचालन गरिएको भलिवल प्रतियोगिताको दोधारा चाँदनीका मेयरले खुलेरै प्रशंसा गरेका छन् । खेलको माध्यमबाट दोधारा चाँदनीलाई चिनाउन सकिने भएको हुदा दोधारा चाँदनी नगरपालिका कार्यालयले नगर स्तरिय खेलकुद बिकास समितिलाई एथासक्य चाडो पुर्णता दिने दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले बताएका छन् । आफु पनि बिगतका दिनहरुमा खेलाडी रहेको बताउदै मेयर लिम्बुले नगरपालिकाले खेल र खेलाडीको बिकासमा ध्यान केन्द्रीत रहेको बताएका छन् । उद्धघाटन सत्रमा मन्तब्य राख्दै कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य बेल बहादुर रानाले दोधारा चाँदनी नगरपालिकाको खेलको बिकासको लागी प्रदेश सभाबाट सहयोग हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले आज देखि संचालन भएको वडाध्यक्ष भलिवल प्रतियोगिताको सफलताको शुभकामना दिदै दोधारा चाँदनी नगर क्षेत्रमा राम्रा खेलाडी उत्पादन हुदै आएको भएपनि ब्यवस्थापनको कमीको कारण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पुग्न नसकेको बताएका छन् । दोधारा चाँदनी– ५ महाकाली नदीको छेउ तथा ईन्द्र मध्यवर्ती सामुदायिक बन क्षेत्रमा संचालन भएको भलिवल प्रतियोगिताले नजिकै रहेको नगर क्षेत्रकै मनोरम पिकनिक स्र्पोट तथा बिभिन्न जातका माछा तथा पंक्षी पाईने दारा तालको हेर्न पर्यटक आउनेमा आयोजक संस्था बिश्वस्त रहेको छ् । झण्डै १९.२ हेक्टरमा फैलिएको सामुदायिक बन क्षेत्रमा त्यहाँ पाईने चराहरु, पिकनिक स्र्पोट तथा दारा तालमा पाईने बिभिन्न जातका माछा तथा टाढा टाढाबाट आउने चराहरुले भलिवल प्रतियोगितालाई थप रोमाञ्चक बनाएको स्थानियहरु बताउछन् ।

ताजा समाचार

This will close in 10 seconds