महेन्द्रनगर नमुना मावि (साधारण स्कुुल)मा ‘छात्राबास भवन’ निर्माण, विद्यार्थीलाई राहत

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)मा छात्राबास भवन निर्माण भएको छ । भीमदत्त नगरपालिका १८ कटान स्थित महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण स्कुल)मा छात्राबास भवन निर्माण भएको हो । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त विद्यालयमा छात्राबास भवन निर्माण भएको छ । उल्लेख्य विद्यार्थी संख्या रहेको महेन्द्रनगर माविमा विद्यालयकै माग अनुरुप प्रदेश सरकारले छात्राबास भवन निर्माण गरेको विद्यालयले जनाएको छ । महेन्द्रनगर माध्यामिक विद्यालयका प्रद्यानाध्यापक ललित सिह साउदले विद्यालयमा साधारण तथा प्राविधिक धार तर्फका विद्यार्थीको उल्लेख्य चाप भएकाले उनीहरुको बसोबासका लागि छात्राबास निर्माण गरिएको बताए । प्रअ साउदका अनुसार अहिले उक्त विद्यालयमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेका छन ।
‘अहिले सात कोठाको एक तले भवन निर्माण गरेका छौँ, ‘उनले भने, ‘विस्तार अन्य निकायबाट बजेट मागेर थप कोठा विस्तार गछौँ ।’ विद्यालयले पहिलो पटक छात्राबास भवन निर्माण गरेको छ । छात्राबास एव नमुना कार्यक्रम अन्र्तरगत १२ कोठाको तीन तले भवनको एकसाथ उद्घाटन गर्दैै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले विद्यालयमा आफ्नो तर्फबाट समेत थप सहयोग गर्ने बताए । प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य रानाले क्षेत्र मात्र नभई जिल्लामै उत्कृष्ठ रहेको विद्यालय जस्तै अन्य विद्यालयले समेत शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताए । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका क्षेत्रीय शिक्षा निर्देशक दुर्गादत्त विष्टले मेगा योजना अनुरुप महेन्द्रनगर नमुना माविले शैक्षिक भौतिक प्रगति गरिरहेको बताए । शिक्षा निर्देशक विष्टले राज्यको लगानी रहेका सामुदायिक विद्यालय यस्तै हुनुपर्नेमा जोडदिए ।
उनले आफ्नो तर्फबाट समेत विद्यालयको शैक्षिक, भौतिक बृद्धि विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जोहर गरेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज विष्टले विपन्न एव टाढाका विद्यार्थीको समस्यालाई मध्य नजर गर्दै विद्यालय परिसरमै बसोबासको प्रबन्ध मिलाउनका लागि छात्राबास भवन निर्माण गरिएको बताए ।  छात्राबास निर्माण भएसंगै जेहेन्दार, गरिब विपन्न एव दुर्गम क्षेत्रका विद्यार्थीलाई राहत पुग्ने छ । अध्यक्ष विष्टले छात्राबास एव शैक्षिक भवन निर्माणसंगै थप आवश्यकता अनुरुप छात्राबास एव शैक्षिक भवन थप्दै जाने र शैक्षिक गुणस्तर समेत बृद्धि गरिने बताए । जिल्लामै झण्डै अढाईसय बढि सामुदायिक विद्याललय मध्ये महेन्द्रनगर नमुना माविले शैक्षिक एव भौतिक रुपमा गरिएको प्रगतिले विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ ।

ताजा समाचार

This will close in 10 seconds