दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा दुई दिने बिभिन्न रोगको निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आउदो २२ र २३ गते दुई दिनको लागी बिभिन्न रोगको निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएका दोधारा चाँदनीका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् ।

शिविरमा बालरोग, स्त्री रोग, छाला रोग, नाक, कान, घाँटी, जनरल फिजिसियन, हड्डी सम्बन्धी, मनोरोग, सर्जरी लगाएत सम्बन्धी रोगको निशुल्क उपचार गरिने दोधारा चाँदनीका नगर प्रबक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले बताएका छन् । दोधारा चाँदनी नगर क्षेत्रमा पहिलो चोटी यति ठुलो संख्यामा विशेषज्ञ डाक्टरहरु सम्मलित शिविर संचालन गर्न लागिएको बताईएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको अध्यक्ष पदमा ओंम बस्नेत आएसंगै स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको स्थानियहरुले बताएका छन् । बिगतका दिनहरुमा टाढा तथा महंगा अस्पतालमा गएर खर्चिलो उपचार गर्दै आएका स्थानियहरुलाई शिवर लाग्ने भएसंगै प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ओंम बस्नेत र उनका टिमलाई स्थानियहरुले धन्यबाद दिएका छन् ।







