अनाथालयमा बालिकामाथि भएको बलात्कार काण्डमाथि छानबिन गर्न वाईसियलको माग

कञ्चनपुर: नेकपा माओवादी निकट योङ्ग कम्युनिष्ट लिग नेपालले महेन्द्रनगरको समाजकल्याण बाल अञ्चल अनाथालयमा बस्दै आएका बालिकामाथि भएको बलात्कार काण्डमाथि निष्पक्ष, बिनापुर्वाग्रह एव लोभ लालसा नराखी छानबिन गर्न माग अघि सारेको छ । वाईसियल नेपाल भीमदत्त नगर कमिटि कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै बाल अञ्चल अनाथालयमा बस्दै आएका बालिकामाथि भएको बलात्कार काण्डमाथि निष्पक्ष, बिनापुर्वाग्रह एव लोभ लालसा नराखी छानबिन गर्न माग अघि सारेको हो ।

सम्पूर्ण साहरा गुमाएपछि अनाथालयको आश्रयमा बस्दै आएका बालिकामाथि भएको यौनजन्य घटना लज्जास्पद, घृणित भएको भन्दै व्यवस्थापन समितिले लार्पबाही गरेको आरोप छ । वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापा(मगर) र संयोजक बलराम एसकेले हस्ताक्षर गरेको विज्ञप्तीमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नगरी आन्दोलनको चेतावनी दिईएको छ ।

ताजा समाचार

This will close in 10 seconds