बिपन्नको पिडामा मलहम लगाउदै वडाध्यक्ष खत्री

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्रीले अशक्त बिरामीलाई आर्थिक सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ शिवनगर टोलमा ललित तिवारीलाई रु. १० हजार नगद प्रदान हस्तान्तरण गरेका छन् । ललित तिवारी बिगत लामो समय देखि ब्रेन ट्युमरबाट ग्रसित छन् । उनको उपचारको लागी झण्डै रु. ४० लाख बढी खर्च भईसकेको परिवारजनले बताएका छन् । पिडित तिवारीको उपचार भारतको राजधानी दिल्ली स्थित गोबिन्द बल्लभ पन्त अस्पतालमा उपचार भईरहेको छ् । आर्थिक अवस्था निकै कमजोर भएका तिवारीलाई उपचार खर्च बिभिन्न दाताहरुले सघाउदै आएको कार्यक्रममा बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले वडामा रहेका आर्थिक अवस्था दैनिय रहेर उपचार गर्न नसकेकाहरुलाई सहयोग गर्न आग्रह गरे संगै बैदेशिक रोजारीमा रहेका नेपालीले अष्ट्रेलियाबाट उपचारको लागी रकम पठाएका हुन् । सुक्रवार एक कार्यक्रमको बिच पिडित ललित तिवारीको घरमा पुगेर वडाध्यक्ष खत्रीले उक्त रकम बितरण गरेका हुन् । बितरण कार्यक्रममा दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्री, नेपाली काग्रेंसका नेता महेन्द्र सिंह बिष्ट, अम्बिका माध्यमिक बिद्यालयका पुर्व प्रअ शान्ती प्रसाद भट्ट लगाएत स्थानिय तथा पिडित तिवारीको परिवारजनहरुको बाक्लो उपस्थिती रहेको थियो । उपचार खर्च समस्या भएको अवस्थामा वडाध्यक्ष खत्रीको पहलमा अष्ट्रेलियाबाट सहयोग संकलन गरि उपचार खर्चमा सघाएको भन्दै नेपाली काग्रेंसका नेता महेन्द्र सिंह बिष्टले वडाध्यक्ष खत्रीको कार्यलाई परोपकारी कार्य भनेका छन् ।

‘उपचार खर्च नपाएर समस्या भएको अवस्थामा पिडित तिवारीलाई उपचार गर्न सघाउनुभएको वडाध्यक्ष केशवजी र अष्ट्रेलियाका नेपाली दाजुभाईहरुलाई बिशेष धन्यबाद’ नेपाली काग्रेंसका नेता बिष्टले भने । वडाध्यक्ष खत्रीले आर्थिक अवस्था दैनिय रहेर उपचार गर्न सकस भएका भिम बहादुर राना, बिर बहादुर सुनार, मिन बहादुर शाही र हाल ललित तिवारी गरि रु. १ लाख ५ हजार बितरण गरेका छन् । वडाध्यक्ष खत्रीले गरिबीको कारण उपचार गर्न समस्या भएकोहरुको घरमै पुगेर अष्ट्रेलियाबाट नेपाली दाजुभाईहरुले संकलन गरि पठाएको रकम स्थानिय तथा जनप्रतिनिधीको रोहवरमा पिडित परिजनलाई हस्तान्तरण गरेका छन् । वडाध्यक्ष खत्रीले गरिव तथा बिपन्न भएको कारण उपचार गर्न समस्या भएकाहरुलाई सहयोग गर्दै आएको भन्दै स्थानियबासीले वडाध्यक्ष केशव खत्रीको कार्यको उच्च मुल्यांकन गर्दै प्रशंसा गरेका छन् ।

अष्ट्रेलियाबाट पर्थ नेपाल क्रिक्रेट टिम क्लवका क्याप्टेन उत्सव ठकुरी, नेपलिज वारियर क्रिक्रेट क्लवका रोनाल्ड डल्लाकोटी, नेपर्थ क्रिक्रेट क्लवका सफल कार्की, भुवा क्रिक्रेट क्वलका ईश्वर अधिकारी, पर्थ ब्लाष्ट क्रिक्रेट क्लवका नविन विडारी, वेष्र्टन नेपलिज क्रिक्रेट क्लवका निलम राज पाँण्डे, दिवस खड्का, विवस जोरा डोटेली, दिपेन्द्र चौधरी, दिपक बस्नेत, किशोर पन्त लगाएतले सहयोग रकम पठाएका वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

ताजा समाचार