दोधारा । दोधारा चाँदनी नगरपालिकामा पुर्व नेपाल प्रहरी संगठनको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित कृषी शाखा कार्यालयको. प्रांगणमा एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकामा गठित पुर्व नेपाल प्रहरी संगठनको परिचयात्मक कार्यक्रम सम्पन्न भएको पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीका सचिव बिर बहादुर सुनारले जानकारी दिएका छन् । परिचयात्मक कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीका अध्यक्ष राजेन्द्र सिंह भण्डारी, सचिव बिर बहादुर सुनार लगाएत पुर्व नेपाल प्रहरी दोधारा चाँदनीका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष केशव खत्री र ओंम बस्नेतले संगठनको प्रगतीको कामना सहित स्थानिय सरकारले संगठनलाई सहयोग र सहकार्य गर्दै जाने बताएका छन् । पुर्व नेपाल प्रहरी दोधारा चाँदनी नगरपालिकाको लागी गहना भएको बताउदै बक्ताहरुले संगठनलाई थप मजबुत बनाउन सहयोग र सहकार्य गर्ने बताएका छन् । पुर्व नेपाल प्रहरी दोधारा चाँदनीका सचिव बिर बहादुर सुनारले पुवृ नेपाल प्रहरीहरु सामाजिक कार्यमा लाग्ने, दैविय प्रकोप भएको अवस्थामा उद्धार र बिपन्न बर्गलाई सहयोग गर्ने तथा अपराध नियन्त्रणको लागी स्थानिय सरकार र प्रशासनलाई सघाउने आगामी दिनको योजना रहेको बताएका छन् ।
पुर्व नेपाल प्रहरी बिभिन्न सिपले निपुण रहेको हुदा स्थानिय सरकारले उनिहरुको सिप तथा कलालाई मध्यनजर राख्दै सामाजिक कार्यमा लगाउन सघाउनु पर्ने बक्ताहरुले बताएका छन् । २०७८ सालमा दोधारा चाँदनी नगरपालिकामा स्थापना भएको पुर्व नेपाल प्रहरी संगठनले बिभिन्न समयमा सामाजिक कार्य समेत गर्दै आएको कार्यक्रममा बताईएको छ् ।