धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच अनुभव साटासाट

दोधारा । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) लाई दोधारा चाँदनीमा मेयर किशोर लिम्बु लगाएत अवलोकन भ्रमण टोलीले भेट गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारीको टोली ८ दिनको अवलोकन भ्रमणको क्रममा आज धरान उपमहानगरपालिका कार्यालय कक्षमा मेयर हर्कराज राई (सम्पाङ) लगाएत जनप्रतिनिधीलाई दोधारा चाँदनीमा मेयर किशोर लिम्बु लगाएत भ्रमण टोलीले भेट गरि अनुभव साटासाट गरेका छन् ।

श्रम संस्कृतिको क्रान्तिको सूवात, खानेपानीको मूहान थप्ने, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता, सरसफाईमा देखिने सुधार, प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा सुधारमा ल्याएको काम, बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन, लागु औषध विरुद्धको अभियान, पालिकाका सेवामा तीब्रता र प्रष्टता, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधारमा धरान उपमहानगरपालिकाले आफुले गर्दै गरेको कार्यको बारेमा मेयर हर्कराज राई (सम्पाङ) ले दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु सहितको टोलीलाई आफ्नो अनुभव बताएका छन् । भ्रमण टोलीलाई धरान उपमहानगरपालिकाले भब्यरुपमा स्वागत गरिएको भ्रमण टोलीले जनाएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले महाकाली नदीको पारिको टापुकोरुपमा रहेको दोधारा चाँदनी नगरपालिका बिाकसको द्धष्टिकोणले निकै सम्भावना बोकेको पालिका रहेको बताउदै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) लाई एक पल्ट दोधारा चाँदनी नगरपालिका आउन निम्तो दिएका छन् । दोधारा चाँदनी नगरपालिकामा निमार्ण हुदै गरेको सुख्खाबन्दरगाह, ४ लेनको पक्की पुल, एसियाको दोस्रो लामो महाकाली झोलुङ्गे पुल, दुई नदीको टापु, भारतको दुई प्रान्त संग गाँसिएको पालिका लगाएत सम्भावना र अनुभव साटासाटा गरिएको थियो ।

अन्तरक्रियाको क्रममा धरानका मेयर हर्कराज राई (सम्पाङ) र दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले मायाको चियो साटासाट गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (सम्पाङ) र दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको भेटलाई निकै फलदायी रहेको बताईएको छ् । दोधारा चाँदनीमा मेयर किशोर लिम्बु लगाएत अवलोकन भ्रमण टोलीले हिजो भरतपुर महानगरपालिकामा पुगेर त्यहाका जनप्रतिनिधीहरु संग भेट गरि अनुभव साटासाट गरेका थिए ।

‘केही नयाँ अनुभव र ज्ञान सिक्ने उद्देश्यले नेपालका केही उत्कृष्ट नगरपालीकाहरुका नगरप्रमुखहरु संग भेटेर अन्तरक्रिया गर्ने कार्यक्रमको साथ हाम्रो नगरपालीकाले अवलोकन भ्रमणको योजना बनाएको सर्वसाधारणको लागि जानकारी गराउंदै सल्लाह सुझावको अपेक्षा राख्दछु’ दोधारा चाादनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले केही दिन मात्रै सामाजिक संजालमा लेखेका थिए ।

 

ताजा समाचार

This will close in 10 seconds