भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग दोधारा चाँदनीका मेयर सहितको टोलीको भेट

दोधारा । भरतपुर महानगरपालिकाका उपमेयर अधिकारी संग दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको टोलीले आज भेटघाट गरेका छन् । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी संग दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सहितको टोलीले भरतपुर महानगरपालिका कार्यालयमा पुगेर भेट गरेका हुन् ।

दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारीको टोली हिजो देखि ८ दिनको अवलोकन भ्रमणको हिडेका छन् । टोली देशका बिभिन्न पालिकाहरुमा पुगी जनप्रतिनिधीहरु संग भेट गरि अनुभव साटासाटा गर्ने कार्यक्रम रहेको छ् । यसै क्रममा आज भरतपुर महानगरपालिकामा पुगेर त्यहाका जनप्रतिनिधीहरु संग भेट गरेका छन् । दोधारा चाँदनी नगरपािलकाका जनप्रतिनिधी र भरतपुर महानगरपालिकाका जनप्रतिनिधी बिच अनुभव आदान प्रदानका साथै मायाको चिनो साटासाट गरिएको दोधारा चाँदनी नगरपालिका मेयरका सचिवालयले जनाएको छ् ।

‘केही नयाँ अनुभव र ज्ञान सिक्ने उद्देश्यले नेपालका केही उत्कृष्ट नगरपालीकाहरुका नगरप्रमुखहरु संग भेटेर अन्तरक्रिया गर्ने कार्यक्रमको साथ हाम्रो नगरपालीकाले अवलोकन भ्रमणको योजना बनाएको सर्वसाधारणको लागि जानकारी गराउंदै सल्लाह सुझावको अपेक्षा राख्दछु’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले केही दिन मात्रै सामाजिक संजालमा लेखेका छन् ।

ताजा समाचार

This will close in 10 seconds