दोधारा । दोधारा चाँदनी नगरपालिकामा भलीवल प्रतियोगिता हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयको सहयोग, वडाध्यक्ष केशव खत्रीको पहल र कालिका युवा क्लवको आयोजनामा खुला भलीवल प्रतियोगिता संचालन गर्न लागिएको दोधारा चाँदनी– ५ का वडा सदस्य दिनेश थापा मगरले जनाएका छन् ।

प्रतियोगिता वडा नं. ५ स्थित रहेको ईन्द्र मध्यवर्ती सामुदायिक बनमा हुने वडा सदस्य थापा मगरले बताएका छन् । प्रतियोगिताको लागी खेल मैदान निमार्ण कार्य अघि बढाईएको छ् । प्रतियोगिमा सहभागी हुन चाहने टीमहरुले सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ् ।







