पुनर्वासमा सञ्चालित द फोर्स कपको उपाधि कालिका युवा क्लवले चुमे

पुनर्वास– बिरेन्द्र युवा क्लब द्धारा आयोजना गरिएको दोस्रो द फोर्स कपको उपाधि कालिका युवा क्लवले चुमेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीमा बिगत बर्ष झै विरेन्द्र युवा क्लबले यस बर्ष पनि दोस्रो संस्करणको रूपमा आयोजना गरेको “द फोर्स कप”फुटबल प्रतियोगिता आज एक औपचारिक कार्यक्रमका बीच फाइनल खेलका साथ सम्पन्न भएको छ ।

बिहिबार भएको द फोर्स कपको फाईनल खेलमा पुनर्वास नगरपालिका वडा नं ३ आई बी आर डी को कालिका युवा क्लबले पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित पुनर्वास–११ युवा क्लबलाई हराउँदै विजयी बनेको छ। रोमाञ्चक र प्रतिस्पर्धामाक खेलका बिच कालिका युवा क्लबले ० गोलका बिरूद्ध पुनर्वास ११ क्लबलाई २ गोल प्रहार गर्दै आफ्नो टिमलाई बिजयी दिलाउन सफल भएको छ।। गत वर्ष पनि उपाधि उचालेको कालिका युवा क्लवले यस बर्ष पनि लगातार दुई वर्षको उपाधी हात पार्न सफल भएको छ।

द फोर्स कपको उपाधि बिजेता टिम कालिका युवा क्लवले नगद धनराशि पुरस्कार १ लाख १ हजार ११ रुपैयाँ र उपविजेता बनेको पुनर्वास–११ टिमले ५१ हजार १ हजार ११ रूपैया प्राप्त गरेका छन्। दिउँसो ३ बजे भएको फाईनल खेलमा प्रदेश सभा सदस्य माननीय बीरबहादुर थापाको प्रमुख आतिथ्य तथा विरेन्द्र युवा क्लबका अध्यक्ष शुकबहादुर तामाङको सभापतित्व रहेको थियो।

ताजा समाचार

This will close in 10 seconds