दोधारा चाँदनी नगरपालिकाको नवौं हिउदे नगर सभा सम्पन्न

दोधारा । दोधारा चाँदनी नगरपालिकाको नवौं हिउदे नगर सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० मा विनियोजित योजना कार्यक्रमहरुको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको नगर प्रमुख किशोर कुमार लिम्बुले सभापतित्वमा संचालन भएको नवौं हिउदे नगर सभामा उपप्रमुख गंगा दबी जोशी रहेका थिए ।

यसमा पालिका भित्रको अहिले सम्मको विकासको अवस्था बजेटको खर्च विवरण कार्यक्रमको उपलब्धि गुनासाहरु काम गर्दाका समस्याहरुका बारेमा छलफल भएको बताईएको छ् । हिउदे नगर सभामा यस अघि पारित भएका बिभिन्न कार्यक्रमहरुको संसोधन तथा बिभिन्न ऐनहरु पारित गरिएको समेत जनाईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको नवौं हिउदे नगर सभा दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले प्रस्तुत बजेट संशोधन सम्बन्धी प्रस्ताव पशे गरेका थिए ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता ओंम बस्नेतले आठौं नगर सभाबाट स्वीकृत आर्थिक ऐन २०७९ मा केही संशोधन आवश्यक रहेकोमा संशोधन प्रस्ताव पेश गरेका थिए । काम गर्दा जनताबाट आएका गुनासा समस्याहरुको पनि सभामा छलफल संगै योजनाहरु छिटो छरितो, पारदर्शिता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल भएको बताईएको छ् ।

ताजा समाचार

This will close in 10 seconds