दोधारा चाँदनी नगरपालिकाको ९ औं हिउदे नगर सभा भोली हुदै


दोधारा । दोधारा चाँदनी नगरपालिकाको हिउदे नगर सभा हुने भएको छ् । दोधारा चाँदनी नगरपालिकाको ९ औं नगर सभा बुधवार हुन लागेको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिएका छन् ।

पालिकाले आर्थिक बर्षमा विनियोजित योजना कार्यक्रमहरुको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने बताईएको छ् । पालिका भित्रको अहिले सम्मको विकासको अवस्था बजेटको खर्च विवरण कार्यक्रमको उपलब्धि गुनासाहरु काम गर्दाका समस्याहरुका बारेमा छलफल हुने दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । यसका साथै स्थानीय तहका ऐन कानुनको कार्यान्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुने छ् । काम गर्दा जनताबाट आएका गुनासा समस्याहरुको पनि सभामा छलफल हुनुको साथै योजनाहरु छिटो छरितो, पारदर्शिता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल हुने जनाइएको छ् ।


ताजा समाचार

spot_img