वडाध्यक्ष खत्रीको ‘जेष्ठ नागरिक सम्मान तथा न्यानो कार्यक्रम’

दोधारा । दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले जेष्ठ नागरिकलाई सम्मान तथा न्यायो कार्यक्रम सम्पन्न गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले वडामा रहेका ८० वर्ष देखि माथी उमेरका बृद्ध बृद्धालाई सम्मान तथा न्यानो ब्लाङ्केट वितरण गरेको छन् । वडामा रहेका २६ जान जेष्ठ नागरिकलाई सम्मान तथा जाडोबाट बच्न न्यानो ब्लाङ्केट वितरण गरेका हुन् । जेष्ठ नागरिकलाई सम्मान गर्दै वडाध्यक्ष केशव खत्रीले जेष्ठ नागरिकहरु नगरका सम्मानित ब्यक्तित्व भएको बताएका छन् । जेष्ठ नागरिकहरु संग धेरै पहिले देखिको बिकास निर्माण लगाएत अन्य क्षेत्रको पनि अनुभब भएको भन्दै उनिहरुको अनुभबबाट नयाँ पुस्ताले सिक्नुपर्ने वडाध्यक्ष खत्रीले बताएका छन् । वडाध्यक्ष खत्रीले चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गरेका छन् ।

चिसो समयमा खानपानमा ध्यान दिन र परिवारका सदस्यले बिशेष ख्याल र स्याहार सुसारमा ध्यान दिन आग्रह उनको छ् । वडा नं. ५ लागी नमुना वडा बनाउने आफ्नो चाहाना रहेको बताउदै वडालाई समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको वडाध्यक्ष केशव खत्रीले कार्यक्रममा बताएका छन् । वडाको बिकासका लागी आफ्नो सम्पुर्ण ध्यान जनताको जिउधन रक्षाको खातिर रहेको बताउदै उनले आफ्नो कार्यकाल जनताका आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य लगाएत भईपरि आउने समस्या केन्द्रित रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जेष्ठ नागरिकलाई घृणा नगरी माया गर्न आग्रह गरेका छन् । कार्य कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नगर प्रमुख लिम्बुले वडाको समृद्धि र बिकासको लागी वडाध्यक्ष केशव खत्री कटिबद्ध रहेको बताएका छन् । वडालाई सडक संजाल संग जोड्न, वडा कार्यालयको भवन निमार्ण लगाएत दिनदुखीहरुलाई आफ्नो ब्यक्तीगत रकमबाट सहयोग गर्दै आएको वडाध्यक्ष खत्रीको प्रशंसा गरेका छन् । चिसो मौसमबाट बच्न जेष्ठ नागरिकहरुलाई न्यायो कार्यक्रमको वडा कार्यालय योजनाको प्रशंसा गर्दै नगरपालिका कार्यालयबाट आगामी दिनहरुमा जेष्ठ नागरिकहरुलाई यस भन्दा राम्रा कार्यक्रमहरु लिएर स्थानीय सरकार रहेको अनुभूति दिलाउन आफु प्रतिबद्ध रहेको नगर प्रमुख लिम्बुले बताएका छन् । कार्यक्रममा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले वडा कार्यालयले ८० वर्ष भन्दा माथी उमेरका बृद्ध बृद्धाहरुलाई सम्मान तथा चिसोबाट बचन न्यानो ब्लाङ्केट बितरण गरेको भन्दै वडाका जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् ।

वडाध्यक्ष केशव खत्री लगाएत टोलीले वडाको बिकास र गरिब तथा बिपन्न बर्गहरुको लागी अझै सम्म गर्दै आएको बिभिन्न कार्यक्रम स्वागत योग्य रहेको बताउदै वडाको बिकासमा आफ्नो सहमती र सहयोग रहने पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताए ।

जेष्ठ नागरिकलाई सम्मान तथा न्यायो कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, नगरप्रमुख किशोर कुमार लिम्बु, पुर्व माननिय ईन्द्र बहादुर खत्री, राप्रपाका नेता भगिरथ भट्ट, शुदुरपश्चिमाञ्चल महिला जागरिण उत्थान दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्री, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र बिष्ट, नेकपा एमालेका प्रतिनिधी राम बहादुर खत्री, वडा सदस्य सिता देबी बिष्ट, पार्वती देबी सुनार, दिनेश थापा मगर, मनोज सिंह भण्डारी, वडा सचिव पुरन पुन मगर लगाएत जेष्ठ नागरिक तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । सम्मान तथा न्यानो ब्लाङ्केट पाएपछि जेष्ठ नागरिकहरुले वडाध्यक्ष खत्री र वडा सदस्यहरुलाई आषिश दिएका थिए ।

ताजा समाचार