लागु औषध दुर्ब्यसनी तथा साईबर अपराध नियनत्रण सम्बन्धी जनचेतनामुक प्रशिक्षण कार्यक्रम सम्पन्न

पुनर्वास : कञ्चनपुरको दक्षिणी भेगमा पर्ने पुनर्वास नगरपालिकामा समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागु औषध दुर्ब्यसनी तथा साईबर अपराध नियनत्रण सम्बन्धी जनचेतनामुक प्रशिक्षण कार्यक्रम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

पुनर्बास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा ज्यूको प्रमुख आतिथ्यमा स्थानिय जनप्रतिनिधी हरुको उपस्थितिमा पुनर्वास नगरपालिका वडा नं ६ स्थित श्री पुनर्बास जनता मा.बि. को सभा हलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल ज्यू, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख प्र.उ श्याम सिंह चौधरी ज्यू ,स.प्र.बल नेपाल नं.३५ गण हेडक्वाट शैलेश्वरी कञ्चनपुरका स.प्र.उ. अमर बहादुर ऐर ज्यू र ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्र.नि नरेश राज मल्ल ज्यूको समेत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा खुल्ला भारतीय सीमानाकामा बढ्दो लागूऔषध तथा साईबर अपराधका घटना नियन्त्रणमा सरकार लगायत सुरक्षा निकायको भन्दा ठुलो भुमिका स्थानीयको हुने भएकोले सबै तह तप्काका ब्यक्ति एकजुट भएर लागे नियन्त्रण हुन सक्ने प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनुभएको थियो । लागु औषध दुर्ब्यसनी तथा साईबर अपराध नियनत्रण आफैमा एउटा चुनौतिको बिषय रहेको हुँदा यस्ता गतिविधि रोकथाम र नियन्त्रण गर्न स्थानीयको सहयोग बिना असम्भव रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जिकिर गर्नुभयो।

सिमावर्ती क्षेत्रमा खुल्ला सिमानाका कारण यस्ता प्रवृत्तिको अपराध नियन्त्रणका लागि स्थानीयको सूचना नपाएसम्म किमार्थ नियन्त्रण गर्न सकिन्न। यसैले यस्तो जटिल परिस्थितिमा सुरक्षाकर्मीलाई स्थानियले लागुऔषध प्रयोगकर्ता र साईबर अपराध सम्बन्धी सुचना प्रवाह गरे यस्ता गतिविधि न्युनिकरण गर्न सकिन्छ ।” प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “लागुऔषध तथा साईबर अपराधको प्रकृति अनुसारको कानुनी सजाय हुने बिषयलाई अम सचेत नागरिक अभिभावक बिशेष गरी विद्यार्थीहरुबाट काउन्सिलिङ गर्न सके नियन्त्रण गर्न असम्भव भने देखिन्न।

त्यस्तैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामकुमार चौधरीले यस्ता विकृतिलाई नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । एसपी चौधरीले बढ्दो प्रविधिको चरम दुरुपयोग त्यसमा मुख्यगरी मोबाइलको प्रयोगका कारण यतिबेला साईबर क्राईममा वृद्धि भईरहेको बताउनुभयो। उनले भने बर्तमान समयमा प्रविधिको विकास संगै यसको उपयोग भन्दा दुरुपयोग हुदा मारमा युवा पिढि रहेको बताए । त्यसैले यसलाई नियन्त्रण गर्न सर्वप्रथम अभिभावक जिम्मेवार बन्न सिक्नु पर्छ।र यसको रोकथाम र नियन्त्रण गर्न बिदधालय स्तरबाट बिधार्थीहरुले अझ अभियान्ताका रुपमा सक्रियता देखाउनुपर्ने जिकिर गर्नुभयो । यस पी चौधरीले भने “ अपराध सरकारको समस्या दर्साएर आफु मौन नभई सबैले आफ्नो कर्तव्य सम्झि नियन्त्रण गर्नुपर्छ । ”

त्यसैगरि पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माले भारतीय खुला सीमानाकासंग जोडिएको पुनर्वास नगरपालिकामा प्रतिबन्धित लागू औषधओसारपसार तिब्र रूपमा हुनेगरेपनि यद्यपि पछिल्लो समय प्रहरीको सक्रियताले केही हदसम्म नियन्त्रण हुँदै गएको अवगत गराउनुभयो । यसलाई पुर्णरूपमा नियन्त्रण गर्न प्रहरीको मात्रै प्रयासले सफल हुंदैन , आम नागरिकको पनि उत्तिकै दायित्व रहने नगर प्रमुख शर्माले जिकिर गर्नुभयो

ताजा समाचार