कैलपाल कृषि सहकारी संस्था लि. को ११ औं साधारण सभा सम्पन्न

कञ्चनपुर : कैलपाल कृषि सहकारी संस्था लि.को ११ औं साधारण सभा सम्पन्न भएको छ। सस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश खेमराज भट्ट अतिथि रहेका थिए।

विशिष्ट अतिथीमा पुर्व प्रहरी नायब निरीक्षक कुवेर चन्द, भीमदत्त नगरपालिका सहकारी बिभाग प्रमुख बिमला भाट, सेती महाकाली गोबर ग्यास शाखा प्रबन्धक भोजराज पन्त रहनु भएको थियो । सहकारी संस्थाका अध्यक्ष महेन्द्र बहादुर चन्दको अध्यक्षतामा कार्यक्रममा सञ्चालन भएको थियो ।

सहकारी संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव करन सिंह ठगुन्नाले पेश गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोरख बहादुर चन्दले गरेका थिए। कार्यक्रममा आबद्ध योगदान पुर्याउने कर्मचारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो।

ताजा समाचार